४ फागुन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समिति तथा वैदेशिक रोजगार तथा कल्याण विभागको संयुक्त प्रयासमा विश्वव्यापी विस्तृत टेलि–हेल्थ सेवा शुक्रबार १२ फेब्रअरी २०२१ देखि शुभारम्भ गरिएको छ ।
यस टेलि–हेल्थ सेवाबाट विश्वका कुनै पनि ठाउँमा बसोबास गर्ने नेपाली मूलका कुनै पनि व्यक्तिले लाभ लिन सक्नेछन् । उनीहरुले अनलाइनमार्फत चाहेको समयमा स्वास्थ्य विज्ञहरुसँग स्वास्थ्य परामर्श लिन सक्छन् । यो टेलि–हेल्थ कार्यक्रममा सबै क्षेत्र र विधाका स्वास्थ्य विशेषज्ञ र चिकित्सकहरु रहेको एनआरएनएले जनाएको छ ।
मिर्गौला, कलेजो, मुटु, आँखा, नाक, कान, घाँटी तथा मुख सम्बन्धि स्वास्थ्य विज्ञदेखि डाईटिशियन र फिजियोथेरापिस्ट, दन्त चिकित्सक लगायतका अन्य थुप्रै स्वास्थ्य विज्ञहरुले आएका जिज्ञासा वा समस्याको सम्बोधन गर्ने उचित परामर्श प्रदान गर्ने बताइएको छ ।
त्यस्तै मनोचिकित्सक, मनो–परामर्शदाता, स्नायू रोग विशेषज्ञ, मिर्गौला रोग विशेषज्ञ र छारे रोग (एपिलेप्सी) का विशेषज्ञहरू पनि यस टेलि–हेल्थ कार्यक्रममा समेटिएको बताइएको छ । साथै, बाल रोग विशेषज्ञ, स्त्री रोग विशेषज्ञ र ज्येष्ठ नागरिक रोग विशेषज्ञ, छाला रोग विशेषज्ञ, मधुमेह विज्ञ, स्तन क्यान्सर विज्ञ, क्यान्सर रोकथाम र उपचार विज्ञहरु र सार्वजनिक स्वास्थ्य विशेषज्ञहरू यस कार्यक्रममा सहभागी छन् ।
कसरी सेवा लिने ?
तपाईले टेलिहेल्थ कार्यक्रममा सहभागी हुन वा यसमार्फत स्वास्थ्य विज्ञहरुसँग प्रत्यक्ष सम्पर्क गर्न सकिनेछ । त्यसका लागि नेपाल बाहिर भए ९७४-५५५-६५३२० वा ९७७ ९८०-२३१ -४७३९ र नेपालभित्र भए मोबाइल नम्बर ९८०–२३१ –४७३९ मार्फत सम्पर्क गर्न सकिनेछ । साथै, तभभिजभबतिज२लचलब।यचन इमेलमा आफ्ना स्वास्थ्य जिज्ञासा लेखेर पठाउन सकिनेछ ।
सेवा प्राप्त गर्न शुल्क नलाग्ने
यस कार्यक्रमार्फत सेवा लिए बापत कुनै पनि शुल्क नलाग्ने संघले बताएको छ । यो नितान्त निशूल्क कार्यक्रम रहेको तथा गैरआवासीय नेपाली संघमार्फत् विश्वव्यापी रुपमा नेपाली समुदायलाई प्रदान गर्नका लागि सुरु गरिएको बताइएको छ ।
त्यस्तै यस कार्यक्रममा सहभागी सबै स्वास्थ्य विज्ञ, चिकित्सकहरुलाई सेवा दिए बापत प्रोत्साहन भत्ताको व्यवस्था गरिएको पनि संघले बताएको छ ।
कस्ता खाले स्वास्थ्य समस्याबारे जानकारी लिन सकिन्छ त ?
विश्वका जुनसुकै कुनामा भएपनि सरल र सहज रुपमा भर्चुअल माध्यम (ख्ष्खभच, ध्जबततकब्उउ) बाट ईमेल गरेर आफ्ना स्वास्थ्य समस्याहरुबारे जिज्ञासा राख्न सक्नेछन् । यूरोप होस् वा अमेरिका, अफ्रिका होस् वा मध्यपूर्वका जुनसुकै राष्ट्रबाट पनि यस कार्यक्रममा जोडिन सकिने बताएको छ ।
उदाहरणहरुः जस्तै बहराइनमा कार्यरत नेपालीलाई शरीर भरी चिलाउन थालेमा वा मलेसियामा कार्यरत महिला जो एक सातादेखि टाउको दुखेर हैरान छिन् वा रसियामा कार्यरत कुनै नेपालीलाई घुँडाको दुखाई छ, वा दक्षिण कोरियामा एक नेपालीलाई मानसिक विचलनको समस्या देखा परेको छ भने, उनीहरुले फोन वा इमेलमार्फत टेलिहेल्थ कार्यक्रममार्फत स्वास्थ्य परामर्श लिन सक्नेछन । उनीहरुले मोबाइल , फोन एसएमएस गरेर वा इमेलमार्फत आफ्ना समस्या राख्न सक्छन । फोन वा इमेल प्राप्त भएपछि सेवामा खटिएका डाक्टर वा नर्सले कुरा गर्नेछन् । उनीहरुको समग्र समस्या सुनेर स्वास्थ्य अवस्था मूल्यांकन गर्नेछन् र सम्बन्धित विशेषज्ञलाई जोडेर स्वास्थ्य समस्या सम्बोधनका लागि सल्लाह वा परामर्श दिनेछन् ।
यसले आपतकालीन स्वास्थ्य सेवाहरू प्रदान गर्दैन
टेलिहेल्थ कार्यक्रमले सम्बन्धित स्वास्थ्य समस्याका बारेमा परामर्श दिन सक्छ तर तपाईलाई आवश्यक औषधी उपलब्ध गराउन सक्दैन । सम्बन्धित मुलुकको नीति, नियम र कानून मातहत रहेर काम गर्नुपर्ने भएकाले यो कार्यक्रमले ती कानूनको बर्खिलाप हुने कुनैपनि काम गर्दैन । यदि तपाईलाई गम्भीर र आपतकालिन समस्या परे तपाईले तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्नेछ ।
बिरामीको जानकारी गोप्य राख्न निश्चित गर्छ त ?
यस कार्यक्रमको माध्यमबाट टेलि-हेल्थ खोज्ने प्रत्येक व्यक्तिको गोप्यता उनीहरूलाई टेलिहेल्थ प्रदान गर्ने जत्तिकै महत्त्वपूर्ण छ । हामीसँग भएको प्रणाली र संयन्त्रबाट सबै परामर्शहरू गोप्य राख्न सुनिश्चित गर्छ । डाक्टर र विशेषज्ञ बाहेक ब्यक्ती को स्वास्थ्य सम्बन्धि जानकारी कसैलाई थाहा हुँदैन । एनआरएनएको स्वास्थ्य समिति यो सुनिश्चित गर्न चाहान्छ कि स्वास्थ्य जानकारी सुरक्षित र गोप्य रूपमा राखिनेछ ।
यस टेलि-हेल्थ कार्यक्रममा डाँफे केयरले धेरैजसो नेपालमा, तर विदेशमा पनि, धेरै वर्षदेखि टेलि परामर्शहरू प्रदान गर्दै आएको संघले जनाएको छ । स्वास्थ्य समितिले नेपालीलाई विश्वव्यापी रूपमा टेलिफोन परामर्श प्रदान गर्न डाँफे केयरसँग मिलेर काम गर्नेछ । साथै मलेसिया, टर्की, नाइजेरिया, कुवेतमा रहेका स्वास्थ्य विशेषज्ञहरुले टेलिहेल्थ मार्फत परामर्श दिनेछन् ।
वि.सं.२०७७ फागुन ४ मंगलवार १५:२६ मा प्रकाशित






























