४ फागुन, काठमडौँ । चेन्नाईमा चलिरहेको दोस्रो टेस्टमा इंल्याण्ड क्रिकेट टिम १६४ रनमा अलआउट भएसँगै भारतले दोस्रो टेस्टमा ३१७ रनले जित हासिल गरेको छ ।
टस जितेर पहिले ब्याटिङ्ग गरेको भारतले आफ्नो पहिलो इनिङ्गसमा ३२९ रन बनाएको थियो । पहिलो इनिङ्गसमा भारतका लागि ब्याटिङ्गमा रोहित शर्माले सर्वाधिक १६१ रन बनाएका थिए भने इंल्याण्डका लागि मोइन अलिले सर्वाधिक ४ विकेट लिएका थिए ।
भारत अलआउट भएपछि आफ्नो पहिलो इनिङ्गस लिएको आएको इंल्याण्ड मात्र १३४ रनमा अलआउट भएको थियो । इंल्याण्डका लागि ब्याटिङ्गमा बेन फोक्सले सर्वाधिक ४२ रन बनाएका थिए भने भारतका लागि बलिङ्गमा रविचन्द्र अश्विनले ५ विकेट लिएका थिए ।
पहिलो इनिङ्गसमा १९५ रनले लिड लिएको भारतले दोस्रो इनिङ्गसमा २६८ रन बनाउदैँ इंल्याण्डलाई जितको लागि ४८२ रनको विशाल लक्ष्य दिएको थियो । भारतका लागि दोस्रो इनिङ्गसमा रविचन्द्र अश्विनले १०६ रनको सतकीय पारी खेलेका थिए भने इंल्याण्डका लागि बलिङ्गमा ज्याक लिच र ओली पपले ४/४ विकेट लिएका थिए ।
जितको लागि ४८२ रनको विशाल लक्ष्य पछाएको इंल्याण्ड १६४ रनमा अलआउट भएको हो । इंल्याण्डका लागि दोस्रो इनिङ्गसमा मोइन अलिले १८ बलमा ४३ रनको विस्फोटक पारी खेलेका थिए । उनले त्यसक्रममा ५ छक्का र ३ चौका प्रहार गरेका थिए । भारतका लागि टेस्ट क्रिकेटमा डेब्यू गरेको अक्सर पटेलले दोस्रो इनिङ्गसमा उत्कृष्ट बलिङ्ग गर्दै सर्वाधिक ५ विकेट लिएका थिए भने रविचन्द्र अश्विनले ३ र कुलदिप यादवले २ विकेट हात पार्न सफल भएका थिए ।
जितसँगै भारतको ४ खेलको टेस्ट श्रृखलामा १-१ ले बराबरी गरेको छ ।
वि.सं.२०७७ फागुन ४ मंगलवार १३:०२ मा प्रकाशित




























