back
CTIZAN AD

एड्भान्सड् कलेज र मेरोजबबीच सम्झौता पत्रमा हस्ताक्षर

वि.सं.२०७७ फागुन ४ मंगलवार

819 

shares

४ फागुन, काठमाडौं । एड्भान्सड् कलेज अफइन्जिनियरिङ एन्ड म्यानेजमेन्टले मेरोजबसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

कलेज परिसरमा आयोजित एक विशेष कार्यक्रममा एड्भान्सड्कलेजका तर्फबाट कार्यकारी निर्देशक कपिलदेव रेग्मी तथा मेरोजबका प्रबन्ध निर्देशकतर्फबाट शैलेन्द्र राज गिरीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापत्रमादुई संस्थाबीचको सम्झौता र सहकार्यले स्रोतसाधनको प्रभावकारी उपयोगको प्रवद्र्धन गर्दै अवसरलाई बढावा दिने विषयबारे उल्लेख गरिएको छ । दुई संस्थाबीच क्षेत्रगत प्रशिक्षण, रोजगारी मेला जस्ता विभिन्नगतिविधिका माध्यमबाट सीप विकासमाजोड दिइने कुरा बताइएको छ ।

मेरोजबका प्रबन्ध निर्देशक शैलेन्द्र राज गिरीले यस सहकार्यले यस कलेजबाट स्नातक गर्ने बिद्यार्थीहरुको लागी शैक्षिक ज्ञान बाहेक व्यक्तीत्व विकासको लागी आवश्यक शिपहरु प्रदान गरीने कार्यक्रमले बिद्यार्थीहरुलाई सहयोग पुग्ने बताए । साथै उनले आउँदो बैशाख महिनामा यस कलेजको नयाँ भवनमा सम्पन्न हुने रोजगारी मेलाले स्नातक गर्ने बिद्यार्थीहरुलाई रोजगारीका बिभिन्न अवसर तथा सोको लागी के कस्तो तयारी गर्नु पर्ने बारेमा थाहा हुने बताए ।

त्यस्तै एड्भान्सड कलेज का निर्देशक तथा पि. ई. ए. का प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पोखरेलले वृहत् परिप्रेक्ष्यमा योगदान पुग्ने गरी सम्झौतापत्रमा हस्ताक्षर गर्ने दुवै संस्थाप्रति बधाई ज्ञापन गरे । यस्तो सहकार्यको पहिलेदेखीनै आवश्यकता महशुस भएको तथा बिद्यार्थीहरु लाई लाभदाही हुने जानकारी गराउँदै यस्तो कार्य थालनि गरेकोमा कलेज ब्यबस्थापनलाई सराहना गरे ।

कलेजका प्राचार्य लोचनलाल अमात्यले मेरोजब तथा यस कलेजको सहकार्यबाट बिद्यार्थीहरु लाई आवश्यक शिपहरुको ज्ञान दिई इन्र्टरशीप, तालिम तथा नियुक्ती अवसर प्राप्त हुनेमा विश्वास दिलाए ।

वि.सं.२०७७ फागुन ४ मंगलवार १३:५६ मा प्रकाशित

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

रामकुमार लिम्बू, फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–३ का किसान...

‘हरित आय’ कार्यक्रमले यहाँका महिला आत्मनिर्भर बन्दै

‘हरित आय’ कार्यक्रमले यहाँका महिला आत्मनिर्भर बन्दै

ढोरपाटन (बागलुङ) । तीन वर्ष अघिसम्म बडिगाडका महिला चुलोचौको र...

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...