काठमाडौं । अलिफ खानको आवाज रहेको गीत ‘छुँदिन म जाले रुमाल’ दी डिभाइन म्युजिक युट्युब च्यानल बाट रिलिज भएको छ ।
नारायण काइलोको शब्द सिर्जना रहेको गीतमा संगीत साथै संगीत संयोजन अर्जुन पोख्रेलको रहेको छ । गीतको मिक्सिङ मास्टरीङ साजन शाहले गरेका हुन् ।
विकास दाहालको सम्पादन रहेको भिडियोको निर्देशन विधान कार्कीले गरेका छन् । उत्सव दाहालको छायाङ्कन रहेको भिडियोमा इन्जमाम अलि खान र श्रेया सिटौलाको अभिनय रहेको छ ।
वि.सं.२०७७ फागुन ४ मंगलवार १३:२९ मा प्रकाशित





























