back
CTIZAN AD

मन्त्री थापा भन्छन् भागरथी हत्याका दोषीलाई छिट्टै पक्राउ गर्नेछौँ

वि.सं.२०७७ फागुन ४ मंगलवार

600 

shares

४ फागुन, बैतडी । गृहमन्त्री रामबहादुर थापाले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्या गर्ने दोषी नजीक प्रहरी पुगेको बताएका छन् ।

बढ्दो महिला हिंसाका घटनामा संलग्नलाई कारवाहीको माग गर्दै आज सर्वोच्च अदालत बार एशोसिएशन, महिला समितिको नेतृत्वमा मन्त्रालयमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री थापाले सो घटनाका दोषीलाई छिट्टै पक्राउ गरी कानूनी कठघरामा उभ्याइने प्रतिबद्धता जनाए ।

भट्टसम्बन्धी घटना कञ्चनपुरकी निर्मला पन्तको जस्तो जटिल नरहेको जनाउँदै उनले विगतबाट पाठ सिकेर टुङ्गोमा पु¥याउने गरी छानबिन प्रक्रिया अघि बढेको बताए ।

महिला हिंसा रोक्न सरकार गम्भीर रहेको र त्यसैका लागि नेपाल प्रहरीमा महिला सेल स्थापना गरिएको स्पष्ट गर्दै उनले हिंसा, बलात्कारका घटना हुन नदिन र भएमा तत्काल दोषी पहिचान गरी कानूनी कारवाही अघि बढाउन प्रहरीलाई निर्देशन दिइसकिएको बताए ।

महिला कानून व्यवसायीले सो घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गर्दै मन्त्री थापालाई ज्ञापनपत्रसमेत बुझाएका छन् । विसं २०७५ साउन ११ मा कञ्चनपुरकी पन्तको बलात्कारपछि हत्या भएकामा दोषी अहिलेसम्म पहिचान हुन नसकिरहेका बेला गत माघ २२ गते बैतडीकी भट्टको पनि बलात्कारपछि हत्या भएको थियो ।

वि.सं.२०७७ फागुन ४ मंगलवार १४:५२ मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...