back
CTIZAN AD

संसद विघटनविरुद्व संयुक्त आन्दोलन, कति सम्भव ?

वि.सं.२०७७ फागुन ४ मंगलवार

597 

shares

फागुन ४, काठमाडौं । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्व सत्ता बाहिरका सबै राजनीतिक पार्टीहरु सडक आन्दोलनमा छन् । विभाजित नेकपाको प्रचण्ड–नेपाल पक्षसहित नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायतले चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

सोमबार मात्रै कांग्रेसको ७७ वटै जिल्ला कमिटीले जिल्ला स्तर विघटनविरुद्व प्रदर्शन गरेको थियो ।

तर, संसद विघटनविरुद्व आन्दोलनरत पार्टीहरुले संयुक्त रुपमा आन्दोलन भने घोषणा गर्न सकेका छैनन् । जसको कारण सबै पक्षका आन्दोलन फिक्का पनि हुँदै गईरहेका छन् ।

प्रचण्डको दाबी – केहि दिनमै हुन्छ संयुक्त आन्दोलन

यसैबीच संयुक्त आन्दोलन घोषणाबारे भईरहेका छलफल सहमती नजिक नपुगेको चर्चा भईरहेका बेला विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केहि दिनभित्रै संयुक्त आन्दोलन घोषणा हुने दाबी गरेका छन् । गृहनगर चितवन पुगेका प्रचण्डले सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो दाबी गरेका हुन् ।

संयुक्त आन्दोलन घोषणाबारे कांग्रेस र जसपासँगको कुराकानी अन्तिम चरणमा पुगेको उनको भनाई छ । ‘संयुक्त आन्दोलनका लागि छलफल चलिरहेको छ, कांग्रेस र जसपाका नेताहरुसँग कुराकानी भइरहेको छ’, प्रचण्डले भनेका छन्, ‘केहि दिनभित्रै त्यसको नतिजा आउँछ, हामी संयुक्त रुपमै आन्दोलनमा जाँदैछौं ।’

तर, कांग्रेस र जसपाभित्रै आन्दोलनबारे विभाजन

संसद विघटनविरुद्व कांग्रेस र जसपा सडक आन्दोलनमा रहेको भएपनि दुवै पार्टीभित्र आन्दोलनबारे एकमत रहेको छैन् । दुवै पार्टीभित्र आन्दोलनमा जान हुँदैन्, चुनावको तयारी गर्नुपर्छ भन्ने समूह पनि ठूलो छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा स्वंयले पनि सोमबार एक कार्यक्रममार्फत निर्वाचन आयोगलाई चुनावी तयारी छिटो अगाडि बढाउन आग्रह गरेका थिए । ‘निर्वाचन आयोगले किन अहिलेसम्म निर्वाचन कार्यक्रम बाहिर निकाल्दैन ? चुनाव नगराउने हो भने भन्नुपर्यो चुनाव गराउँदिनँ भनेर’, भैरहवामा भएको विरोध सभालाई सम्बोधन गर्दै देउवाले भनेका थिए, ‘चुनाव गराउने हो भने निर्वाचनको प्रक्रिया सुरू गरेकै छैन, कुनै पनि संसदको विघटन भएको छ महिनाभित्र चुनाव गरिसक्नुपर्छ ।’

कांग्रेसभित्रको देउवा पक्ष संसद  पुनर्स्थापनाभन्दा निर्वाचनलाई प्राथमिकता दिनुपर्ने अडानमा छ ।

यता जसपाभित्र पनि कांग्रेसको जस्तै अवस्था छ । अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतोलगायत चुनावमै जानुपर्ने अडानमा छन् । संसद पुनर्स्थापनाले निकास नदिने उनीहरुको तर्क छ ।

दुवै पार्टी आन्दोलनबारे आफैंभित्र विभाजित छन् । यस्तोमा संयुक्त आन्दोलनको घोषणा सम्भव नरहेको धेरैको तर्क छ । प्रचण्ड–नेपाल पक्षले चाहँदैमा संयुक्त आन्दोलन सम्भव नहुने देखिन्छ ।

वि.सं.२०७७ फागुन ४ मंगलवार १५:२१ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...