back
CTIZAN AD

एनएमबि बैंकले चितवनको तरकारी बजारमा सुरु गर्यो क्यूआर कोडबाट भुक्तानी सेवा

वि.सं.२०७७ फागुन ४ मंगलवार

882 

shares

४ फागुन, चितवन । एनएमबि बैंकले नगदरहित कारोवारलाई प्रवद्र्धन गर्ने उद्देश्य सहित महानगर फलफूल तथा तरकारी बजार, क्षेत्रपुर, चितवन क्षेत्रमा क्यूआरमार्फत नगदरहित भुक्तानी शुरु गरेको छ ।

एनएमबि बैंकको वागमति प्रदेश प्रमुख गणेश पराजुलीको सभापतित्वतामा महानगर फलफूल तथा तरकारी बजार, क्षेत्रपुर, चितवनका व्यवसायीहरुलाई क्युआर कोड हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा प्रदेश ३ का क्षेत्रीय प्रमुख दुर्गा राम पूरीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन एनएमबि बैंक, नारायणगढ, लायन्स चोक शाखा प्रमुख विवेक अधिकारीले गरेका थिए ।

उक्त कार्यक्रममा महानगर फलफूल तथा थोक व्यवसायी संघका निवर्तमान अध्यक्ष एवं महानगर फलफूल तथा तरकारी बजारका प्रवन्धक निर्देशक थिर प्रसाद धिताल प्रमुख आतिथ्यता गर्दै मन्तव्य राखेका थिए । त्यस्तै, प्रदेश प्रमुख गणेश पराजुलीले धिताललाइ क्यूआर कोड हस्तान्तरण गरिएको थियो ।

बैंकले साना तथा मझौला उद्यमीलाई विगत देखी केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आएको छ । उक्त परियोजनाको अभिन्न अंगको रुपमा नगद रहित कारोवार प्रवद्र्धन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्युआर कोड मार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङ्ग तर्फ प्रोत्साहन गर्ने बैंकको प्रयास रहेको छ ।

यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप डिजिटलाइसनको तर्फ केन्द्रित रही नगद सहितबाट नगद रहित समाज रूपान्तरणको दिशामा उन्मुख छ । वर्तमान परिवेश र सुरक्षाका मापदण्डलाई मध्यनजर गर्दै बैंकले आगामी दिनहरुमा आफ्ना ग्राहकलाई विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्नेमा प्रतिबद्ध रहने बागमती प्रदेश प्रमुख पराजुलीले बताए ।

वि.सं.२०७७ फागुन ४ मंगलवार १६:३५ मा प्रकाशित

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १९औं बार्षिकोत्सवको उपलक्ष्यमा...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

कति तोकेको छ राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...