back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा ४ फागुनसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ फागुन ४ मंगलवार

633 

shares

४ फागुन, काठमाडौं । नेपालमा मंगलबार (४ फागुन) सम्म पिसीआर प्रविधिबाट २१ लाख २३ हजार ९५१ वटा कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ३,३६० नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी हालसम्म देशैभरी कोरोनाका सक्रिय संक्रमित १५८७ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ९७६ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ६११ रहेको छ ।

त्यस्तै देशभरका विभिन्न अस्पतालका आइसीयुमा ६३ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश नं १ मा १ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ७, लुम्बिनी प्रदेशमा २२ जना तथा कर्णाली प्रदेशमा ३ जना गरी ६३ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी बागमती प्रदेशमा ८ जना, गण्डकी प्रदेशमा २ जना र लुम्बिनी प्रदेशमा ३ जना गरी जम्मा १३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा ७४ जना रहेका छन् । साथै शून्य संक्रमित रहेका जिल्लाहरुमा भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मुगु, रुकुमपश्चिम र अछाम रहेका छन् ।

आज थपिएका १०५ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ७२ हजार ९४५ पुगेको छ । साथै आज ९९ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ६९ हजार ३०३ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा निधन हुनेको संख्या शून्य रहेको छ मन्त्रालयका अनुसार नेपालमा हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०५५ रहेको छ ।

आज १०५ जनामा कोरोना संक्रमण, ९९ जना निको
पछिल्लो २४ घण्टामा देशैभरी १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशैभरी गरिएको ३ हजार ३६० नमुना परीक्षणमा १०५ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा महिला ४० र पुरुष ६५ जना रहेका छन् । आज थपिएका १०५ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७२ हजार ९४५ पुगेको छ ।
त्यसैगरी आज देशैभरी ९९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ९९ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूल संख्या २ लाख ६९ हजार ३०३ पुगेको छ । निको हुनेको यो दर ९८.७ प्रतिशत हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशैभरी कोरोना संक्रमणबाट निधन हुनेको संख्या शून्य रहेको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०५५ रहेको छ ।

कति छन् त सस्थागत आइसोलेशनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ९७६ जना कोरोना संक्रमित होम संस्थागत रहेका छन् ।

जसमा प्रदेश नं १ मा ५, बागमती प्रदेशमा ८०४, गण्डकी प्रदेशमा ९ लुम्बिनी प्रदेशमा १०२, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ५२ जना गरी ९७६ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन उपचारत छन् । साथै होम आइसोलेशनमा ६११ जना रहेको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ ।

नेपालमा कोरोना संक्रमितको सक्रिय संख्या १५८१ मात्र, यस्तो छ हालसम्मको अन्य अपडेट

वि.सं.२०७७ फागुन ४ मंगलवार १६:४० मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...