फागुन ४, काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका स्थायी समिति सदस्य डा. सुरेन्द्र पाण्डेलले प्रधानमन्त्री केपी शर्मा ओली छिट्टै जेल जानसक्ने बताएका छन् । मंगलबार नेकपाको आधिकारिक फेसबुक पेजमार्फत कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
म्यानमारमा भएको घटनालाई देखाउँदै उनले प्रधानमन्त्रीको कदमले देश जतापनि जानसक्ने र प्रधानमन्त्री ओली जुनसुकै बेला पनि जेल जानसक्ने बताए ।
‘बर्मामा सैनिकहरुले ‘कु’ गर्दैै त्यहाँको प्रधानमन्त्रीलाई नजरबन्द लगेर थुनामा राखेका छन् भने अहिले हामी आन्दोलन गर्दागर्दै रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने घटना घटेको छ’, उनको प्रश्न छ, ‘ओली पक्राउ पर्ने दिन आउँदैन् ? आउन सक्छ । ओलीको दिन पनि टाढा छैन् । त्यो आउन सक्छ ।’
झाँक्रीको पक्राउ र रिहाईप्रति पनि पाण्डेले आपत्ति जनाएका छन् । उनले झाँक्रीको रिहाईमा जिम्मा लगाइएको प्रति आपत्ती जनाए । पाण्डेले भने, ‘रामुकुमारीमाथि बोलेकै कारण आक्रमणको प्रयास गरियो, जनताको तागतको कारण थुनेर राख्ने क्षमता ओली सरकारमा थिएन् त्यसकारण रिहाई गरियो । तर, एउटा कानून बनाउनेलाई जिम्मामा छोड्ने काम भएको छ ।
ओलीले हिटलर र मुशोलिनीको पथ समातेको पाण्डेको भनाई छ । उनका अनुसार केशरजंग रायमाझीलाई धोकेबाज भन्दै कम्युनिष्ट बनेका ओली स्वंय केशरजंगको पथमा हिँडेका छन् ।
पाण्डेले भनेका छन्, ‘इतिहासमा फर्केर हेर्दा २०१७ साल पछि नेपालको कम्युनिष्ट आन्दोलनमा महासचिव केशरजंग रायमाझी थिए, उनले आन्दोलनलाई धोका दिए, ओली जी रायमाझी धोकेबाज हो भनेर राजनीतिमा लागे, आज त्यहि बाटो, त्यहि पथमा लागेका छन्, भोलीको पुस्ताले ओलीको कदमलाई ठिक हो, राम्रो हो भनेर कसैले पनि भन्नेछैनन् । ओलीलाई धिकार्नेछन् ।’
भिडियोमा हेर्नुहोस् उनको संवाद
वि.सं.२०७७ फागुन ४ मंगलवार १७:०६ मा प्रकाशित




























