back
CTIZAN AD

राष्ट्रिय आविष्कार केन्द्रमा महाबिर र इञ्जीनियरबीच पर्यो कुस्ती (भिडियोसहित)

वि.सं.२०७७ फागुन ४ मंगलवार

921 

shares

फागुन ४, काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रभित्र कुस्ताकुस्ती भएको छ । आविष्कार केन्द्रका प्रमुख महाबिर पुन र इन्जिनियर संजयबहादुर सिंहबीच कुस्ती भएको हो ।

मजाकको रुपमा भएको कुस्तीमा पुनले सिंहलाई जितेका छन् । पुनले कुस्ती रमाइलोका लागि मात्रै खेलिएको बताएका छन् ।

सामाजिक सञ्जालमा कुस्तीको भिडियो शेयर गर्दै उनले भनेका छन् – लु हेर्नुहोस् विश्व प्रशिद्ध कुस्ती, अमेरिकाने कुस्तीभन्दा कम छैन् !

पुनले बेला–बेलामा आविष्कार केन्द्रभित्र हुने घटनालाई सामाजिक सञ्जालमार्फत शेयर गरिरहेका हुन्छन् । उनले आविष्कार केन्द्रभित्र हुने खोज र उपलब्धीलाई पनि सामाजिक सञ्जालमार्फत नै शेयर गरिरहेका हुन्छन् ।

सुरुवाती चरणमा रहेको केन्द्रले हाल विभिन्न अनुसन्धान र अन्वेषणमा प्रगती गरिरहेको छ । केन्द्रले विभिन्न प्रविधिहरुको विकास पनि गरिरहेको छ ।

वि.सं.२०७७ फागुन ४ मंगलवार १७:३२ मा प्रकाशित