
फागुन ४, काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रभित्र कुस्ताकुस्ती भएको छ । आविष्कार केन्द्रका प्रमुख महाबिर पुन र इन्जिनियर संजयबहादुर सिंहबीच कुस्ती भएको हो ।
मजाकको रुपमा भएको कुस्तीमा पुनले सिंहलाई जितेका छन् । पुनले कुस्ती रमाइलोका लागि मात्रै खेलिएको बताएका छन् ।
सामाजिक सञ्जालमा कुस्तीको भिडियो शेयर गर्दै उनले भनेका छन् – लु हेर्नुहोस् विश्व प्रशिद्ध कुस्ती, अमेरिकाने कुस्तीभन्दा कम छैन् !
लु हर्नुहोस्, विश्व प्रसिद्ध कुस्ती ? अमेरिकाने कुस्ती भन्दा कम छैन. राष्ट्रिय आविष्कार केन्द्रमा मनोरंजनको लागी खेलिएको म र ईन्जिनियर संजयबहादुर सिंहको कुस्ती. अनुसन्धानको साथै बेला बेलामा यस्तो कुस्ती २५ बर्षेहरु संग खेल्छु. अरु त सबै हारी सके तर संजय भाई भने अझै निउ खोज्छ ? pic.twitter.com/49v1v1adpP
— Mahabir Pun (@MahabirPun) February 15, 2021
पुनले बेला–बेलामा आविष्कार केन्द्रभित्र हुने घटनालाई सामाजिक सञ्जालमार्फत शेयर गरिरहेका हुन्छन् । उनले आविष्कार केन्द्रभित्र हुने खोज र उपलब्धीलाई पनि सामाजिक सञ्जालमार्फत नै शेयर गरिरहेका हुन्छन् ।
सुरुवाती चरणमा रहेको केन्द्रले हाल विभिन्न अनुसन्धान र अन्वेषणमा प्रगती गरिरहेको छ । केन्द्रले विभिन्न प्रविधिहरुको विकास पनि गरिरहेको छ ।