back
CTIZAN AD

पशुपतिमा सुनको जलहरी, १० दिन काम गरेको ज्याला मात्रै २ करोड !

वि.सं.२०७७ फागुन ५ बुधवार

693 

shares

५ फागुन, काठमाडौं । पशुपतिनाथको शिवलिंगमा जलहरी जडान गरेको १० दिनको ज्यालामात्रै २ करोड रहेको समाचार छ ।

लाख बत्ति बाल्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको जलहरी जडान गर्नका लागि ३० करोड रुपैयाँ दिने भनेबमोजिमको रकम निकासाको अन्तिम चरणमा रहेको छ ।

उक्त रकम आउने सुनिश्चित भएपछि पशुपति क्षेत्र विकास कोषले खर्च गर्ने ५० करोडमध्येबाट ६४ केजी ३ सय ग्राम सुन खरिद भएको छ । राष्ट्र बैंकबाट किनिएको उक्त सुनलाई गत विहिबार गाल्ने काम भएको छ ।

सुन गालेर बनाइएको पातालाई उसैदिन पाटन औद्योगकि क्षेत्रमा लगिएको छ । पशुपतिमा भने रुद्र गार्डेश्वरको प्रांगड, बासुकी मन्दिरभन्दा माथि कैलाशभन्दा मुनि बनाइएको टहरामा सेफ बनाएर सुन राखिएको छ ।

सुन खरिद, सरकारी कोषको रमक निकासजस्ता कुरामा अनियमितता भएको छैन । तर, ज्यालाका लागि जुटाइएका चन्दादाता अझै गोप्य राखिनुले शंकाको दृष्टिले हेर्न थालिएको छ । बुधबारको जनआस्था साप्ताहिकमा रहेको समाचार अनुसार चारजना कालिगढलाई १० दिन काम गरेका ज्याला दुई करोड भनिएको छ । चारजना कालिगढ यो काममा खटिएका छन् । कोषका पदाधिकारी नै भन्छन् ‘त्यत्रो रकम त कुनै पनि कामको ज्यालामा लाग्दैन,’ यसरी पैसा सक्नका लागि दाताको नाम र रकम गोप्य राखि–राखि चलाएको धन्दाको जिम्मा दिईएको छ मुल भट्टलाई ।

दाता व्यवस्थापन तथा जलहरी जडान समितिमा कोषका पूर्वसदस्य रमेश सिवाकोटी राजुखत्रीहरु सदस्य छन् । त्यसमध्ये रमेश ओली पक्षीय नेकपाका केन्द्रीय सदस्य बालकृष्ण सिवाकोटीका भाइ हुन् ।

वि.सं.२०७७ फागुन ५ बुधवार ०८:५० मा प्रकाशित

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १९औं बार्षिकोत्सवको उपलक्ष्यमा...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

कति तोकेको छ राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...