back
CTIZAN AD

सुरक्षाकर्मी कटौती गरिएपछि डेढ दर्जन पूर्वमन्त्रीले दिए यस्तो निवेदन

वि.सं.२०७७ फागुन ५ बुधवार

774 

shares

५ फागुन, काठमाडौं । सरकारले केही साता अघि विशिष्ट तथा अति विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मी कटौती गरेपछि झण्डै डेढ दर्जन पूर्वमन्त्रीले पुनर्विचार गरिदिन भन्दै निवदेन दिएका छन् ।

आफू पटक-पटक सुरक्षा थ्रेटमा रहेको र सुरक्षाकर्मी कटौतीका कारण झन सुरक्षा थ्रेट महसुस गरेको भन्दै निवेदन दिएका हुन् ।

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रामशरण महतले केही दिनअघि आफू पटक–पटक सुरक्षा थे्रटमा रहेको र सुरक्षाकर्मी कटौतीका कारण झन सुरक्षा थ्रेट महसुस गरेको बताएका छन् ।

उनले यसबारेमा गृहसचिव, गृहमन्त्री र आवस्यक परे प्रधानमन्त्रीसँग समेत कुरा गर्ने बताएको बुधबारको कान्तिपुर दैनिकमा समाचार छ ।

त्यस्तै सुरक्षाकर्मी फर्काइएपछि पुर्वगृहमन्त्री गोविन्दराज जोशी, पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेल, पुर्वअर्थराज्यमन्त्री ल्हारक्याल लामा लगायतले पनि असन्तुष्टी जनाएका छन् । स्रोतका अनुसार डेढ दर्जन पूर्वमन्त्री तथा राजनीतिकर्मीले सुरक्षाकर्मी फिर्ता भएपछि आफूहरुलाई असुरक्षा रहेको कारण देखाउँदै अंगरक्षकको व्यवस्था गरिदिन गृहमन्त्रालयमा निवेदन दिएका छन् ।

निवेदन दिनेमा राप्रपा अध्यक्ष एवं पूर्वमन्त्री प्रकाशचन्द्र लोहनी, कांग्रेस नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसी, पुर्वगृह राज्यमन्त्री कंडेल र रिजवान अन्सारी, पूर्वअर्थराज्यमन्त्री लामालगायत नेताले अंगरक्षकका व्यवथाा गरिदिन गृहमा निवेदन दिएका छन् ।

वि.सं.२०७७ फागुन ५ बुधवार ०९:१५ मा प्रकाशित

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...