back
CTIZAN AD

भागरथीको हत्याका आरोपी भट्ट प्रहरीद्धारा सार्वजनिक

वि.सं.२०७७ फागुन ५ बुधवार

639 

shares

५ फागुन, काठमाडौं । बैतडीकी भागरथी भट्टको हत्यामा संलग्न भएको आरोप लागेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया भट्टको माघ २१ गते घाँटी थिचेर हत्या गरेको अभियोगमा सोहि गाउँका १८ वर्षीय दिनेश भट्टलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।

सोहि स्कुलमा ११ कक्षामा अध्ययनरत अभियुक्तले सो दिन अन्तिम कक्षा नपढी पौने २ बजे अन्य साथीहरुसँगै खोचलेक गएका थिए ।

उनले साथीहरुलाई खोचलेक बजारमै छोडी एक्लै चडेपानी आफ्नो घरतर्फ हिँडेका थिए । जुनबाटोबाट भागरथी पनि घरतर्फ जाँदै थिइन् ।

घरफर्कने क्रममा उनको भागरथीसँग सिल्ला गाउँमा भेट भएको र भागरथी भन्दा अगाडि गएर घटनास्थलभन्दा माथिरहेको बाटोमा कुरेर बसेका थिए । भागरथी पनि त्यहाँ पुग्नासाथ बाटोमा ढुकेर बसेका उनले भागरथीलाई सडकबाट तल धकेलिदिएका थिए । उनले घटनास्थलमा दुवैहातले भागरथीको घाँटी अठ्याइ मारेर पाइन्ट घुँडासम्म पुर्याएको तर बलात्कार नगरेका अभियुक्तले बताएको सुदूरपश्चिम प्रहरी प्रमुख उत्तमराज सुवेदीले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

भागरथीको हत्या गरेपछि उनको मोबाइलको ब्याट्री निकालेर फ्याकेपछि अभियुक्त घर गएका थिए ।

मृतकका दाजुले  भट्टविरुद्ध  दिएको  किटानी जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरिरहेको र अभियुक्तलाई कर्तव्य ज्यान र बलात्कार मुद्दाको अनुसन्धान अगाडि बढाएको बताइएको छ । अहिले प्रारम्भिक अनुसन्धान रहेको र अनुसन्धानका क्रममा निजका गतिबिधि, टेक्निकल अनुसन्धान पीडित परिवारका कुराहरुले भागरथीको हत्यामा भट्ट संलग्न रहेको प्रारम्भिब पुष्टि भएको पनि प्रमुसख सुवेदीले बताए ।

वि.सं.२०७७ फागुन ५ बुधवार १५:४० मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...