back
CTIZAN AD

विप्लवदेवको अभिव्यक्तिमाथि आपत्ती जनाउँदै प्रचण्ड–नेपाल पक्षले माग्यो भारत सरकारको जवाफ

वि.सं.२०७७ फागुन ५ बुधवार

708 

shares

फागुन ५, काठमाडौं । भारतको त्रिपुराका मुख्यमन्त्री विप्लवकुमार देवले दिएको अभिव्यक्तिप्रति पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाले आपत्ति जनाएको छ । बुधबार एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दे नेकपाले आपत्ती जनाएको हो ।

नेकपाले विप्लवदेवको भनाई गम्भीर रहेको भन्दै तत्काल स्पष्ट बनाउन पनि भारत सरकारसँग माग गरेको छ ।

‘भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री श्री विप्लव देवले हालै एक सार्वजनिक कार्यक्रममा नेपालका सम्बन्धमा प्रकट गर्नु भएको अभिव्यक्तिप्रति हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गम्भीर ध्यानाकर्षण भएको छ, यस प्रकारको संवेदनशील विषयमा गरिएको अभिव्यक्तिले हाम्रा दुई छिमेकी मित्रराष्ट्रहरु बीचको सम्बन्धमा भ्रम छर्ने र नकारात्मक असर पुर्याउने भएकाले भारत सरकार र श्री अमित शाहबाट समेत स्थिति स्पष्ट पारिने अपेक्षा गर्दछ’, नेकपाको प्रेस विज्ञप्तीमा भनिएको छ ।

केहि दिन अघि भारतीय जनता पार्टीका नेतासमेत रहेका मुख्यमन्त्री विप्लवकुमार देवले भारतीय जनता पार्टी नेपाल र श्रीलंकामा आफ्नो पार्टीको विस्तार गर्दै शासन चलाउने योजनामा रहेको अभिव्यक्ति दिएका छन् । उनका अनुसार उक्त योजनामा भारतीय जनता पार्टीले गतिविधि अगाडि बढाईरहेको छ ।

विप्लवले एक सार्वजनिक कार्यक्रममा भनेका थिए, ‘अमित शाह जब बीजेपीको अध्यक्ष थिए, त्यसबेला उनले हामीलाई भाजपाले आफ्नो पार्टीको दायरा बढाउन चाहेको र नेपाल र श्रीलंकामा शासन चलाउने योजना बनाईरहेको बताएका थिए, राज्य अतिथि गृहभित्र भएको पार्टी आन्तरिक कार्यक्रममा शाहले उक्त योजनाको खुलासा गरेका थिए ।’

विप्लवका अनुसार अखण्ड भारत वर्ष बनाउने लक्ष्यअनुसार भाजपा अगाडि बढिरहेको छ ।

No description available.

सम्बन्धित समाचार

गम्भीर खुलासा : भाजपा नेपाल र श्रीलंकामा सरकार बनाउने योजनामा छ

वि.सं.२०७७ फागुन ५ बुधवार १५:५३ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...