back
CTIZAN AD

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड नौ लाख भन्दा बढी

वि.सं.२०७७ फागुन ५ बुधवार

702 

shares

५ फागुन, नयाँ दिल्ली । भारतमा मङ्गलबार ११ हजार ६१० जना थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएपछि कुल सङ्क्रमितको संख्या एक करोड ९ लाख ३७ हजार भन्दा बढी पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ । साथै कोभिड–१९ संक्रमित मध्ये एक लाख ५५ हजार ९१३ जनाको मृत्यु भएको छ । भारतमा हाल सक्रिय संक्रमितको संख्या एक लाख ३६ हजार रहेको छ भने एक करोड ६ लाख व्यक्ति सङ्क्रमणमुक्त भइसकेका छन् ।

भारतमा कोभिड–१९ विरुद्ध गत जनवरी १६ देखि राष्ट्रव्यापी खोप अभियान शुरु गरेको थियो । देशभर करिब ९० लाख व्यक्तिले खोप लिइसकेका छन् जसमा मुख्यगरी स्वास्थ्यकर्मीहरु रहेका छन् ।यसैबीच, मङ्गलबारसम्म भारतमा करिब २१ करोड नमुना परीक्षण गरिएको छ । पछिल्लो पटक आइतबार एक दिनमा छ लाख ४४ हजार नमुना परीक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ ।

भारतमा हाल सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड र भारत बायोटेक इन्टरनेसनलले उत्पादन गरेको कोभाक्सिन खोप प्रयोगमा ल्याइएको छ । विश्वभर कोभिड–१९ बाट करिब ११ करोड भन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमितमध्ये करिब २४ लाख ३० हजार व्यक्तिको ज्यान गएको छ ।

संयुक्तराज्य अमेरिकामा चार लाख ९९ हजार, ब्राजिलमा दुई लाख ४० हजार, मेक्सिकोमा एक लाख ७५ हजार, बेलायतमा एक लाख १८ हजार, इटालीमा ९४ हजार र फ्रान्समा ८२ हजारको मृत्यु भइसकेको छ । कोरोनाभाइरसको उत्पत्ति भएको भनिएको चीनमा भने चार हजार ६३६ जनाको मृत्यु भएको थियो । कोभिड–१९ विश्वका २२१ वटा मुलुक एवं क्षेत्रमा फैलिएको पाइएको छ । विश्वभर अझै पनि करिब ९८ हजार व्यक्ति गम्भीर अवस्थामा रहेर उपचार गराइरहेका छन् ।
सिन्ह्वा

वि.सं.२०७७ फागुन ५ बुधवार १६:३४ मा प्रकाशित

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

इरानद्धारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

इरानद्धारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

तेहरान ।  इरानले आफ्नो दक्षिणी तटीय क्षेत्रमा रहेका निगरानी तथा...

एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चीनको चेतावनी

एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चीनको चेतावनी

बेइजिङ ।   चीनको एक साइबर सुरक्षा निकायले अमेरिकी कृत्रिम बुद्धिमत्ता...

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

अटलान्टा ।  इजिप्ट फुटबल सङ्घले अर्जेन्टिनाविरुद्धको विश्वकप फुटबल २०२६ को...

प्रशिद्ध ब्रान्डको लोगो प्रयोग गरेर  नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

प्रशिद्ध ब्रान्डको लोगो प्रयोग गरेर  नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

ब्रसेल्स ।  युरोपेली संघ ९ईयू०ले चीनमा निर्मित दुई लाखभन्दा बढी...