back
CTIZAN AD

कोभिड–१९ को प्रभावमा तनहुँ सभाहल’

वि.सं.२०७७ फागुन ६ बिहीवार

687 

shares

६ फागुन, गण्डकी । गण्डकी प्रदेशकै गौरव तथा ठूलो आयोजनाको रूपमा निर्माणाधीन ‘तनहुँ सभाहल’को निर्माण कार्य हालसम्म ७५ प्रतिशत सम्पन्न भएको छ । विसं २०७४ पुस १३ मा सम्झौता गरी विसं २०७७ असार १३ मा निर्माण सम्पन्न गर्ने सम्झौता गरी श्री डाँफे एमए प्रतिष्ठा जेभी काठमाडौँले निर्माणको जिम्मा पाएको हो । कोभिड–१९ का कारण सम्झौता भएको अवधिमा सम्पन्न गर्न नसकिएपछि छ महिनाको म्याद थप गरी पुस महिनामा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य अघि बढाइएको थियो ।

उक्त अवधिमा पनि सम्पन्न गर्न नसकिने देखिएकाले पुनः छ महिना समय थप्नका लागि प्रक्रिया अघि बढाइएको निर्माण कम्पनीका इञ्जिनीयर विक्रम केसीले बताए । व्यास नगरपालिका–३ बिपीवन बाटिकामा निर्माण गरिएको उक्त भवनको निर्माणको कार्य सम्पन्न भए पनि फिनिसिङको कार्य बाँकी रहेको छ । उनका अनुसार अहिले मार्बल बिच्छ्याउने कार्य, प्लम्बिङ, एसी जडानलगायतका कार्य भइरहेका छन् ।

करिब छ हजार ५०० वर्गफिट क्षेत्रफलमा निर्माण गरिएको उक्त भवनको दुई ब्लकमा गरी भवन निर्माण गरिएको छ । निर्माणाधीन सभाहलको क्षमता ७५० को रहेको बताइएको छ । चार ढलानको निर्माण हुने सो भवनको भुइँ ढलानमा सवारी पार्किङ, दोस्रो तल्लामा स्टेज, तेस्रोमा सेमिनार हल र चौथोमा अतिथिका लागि कपडा परिवर्तन गर्ने र आराम कक्षलगायतका सुविधायुक्त कक्ष रहने छन् ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय गोरखाको आर्थिक सहयोगमा भवन निर्माण कार्य अघि बढाइएको निर्माण कम्पनीका साइट सुपरभाइजर गौतम घिमिरेले जानकारी दिए । भवन कूल रु २३ करोड ६२ लाख ४३ हजार ३३१ लागतमा बन्न लागेको हो ।
रासस

वि.सं.२०७७ फागुन ६ बिहीवार ११:४८ मा प्रकाशित

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...

‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ लेकगाउँ संस्कृति र...

समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

पाल्हीनन्दन । छिमेकी मित्रराष्ट्र भारतसँग जोडिएको महेशपुर मूल भन्सार सडक...

अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

गण्डकी । पर्यटकीय राजधानी पोखरामा आधुनिक बसपार्क बनाउने योजना ५०...