६ फागुन, काठमाडौं । एनएमबि बैंकले प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुनिल केसी नै दोहोरिएका छन । बुधबार बसेको बैंकका सञ्चालक समितिको ४१५ औं वैठकले केसीलाई थप चार वर्षका लागि पुन नियुक्त गरेको हो ।
केसीको यहि फागुन मसान्तमा चार वर्षे कार्यकाल सकिदै थियो । केसीलाई चैत १ गतेदेखि लागु हुनेगरी थप ४ वर्षको लागि सिइओमा दोहोर्याएको बैंकले जनाएको छ । केसीको कार्यकालमा बैंकले उत्कृष्ठ काम गरेको भन्दै पुन केसीलाई दोहार्याएको सञ्चालक समितिका एक सदस्यले बताए ।
वि.सं.२०७७ फागुन ६ बिहीवार ११:३२ मा प्रकाशित






























