६ फागुन, नेदरल्याण्ड । प्रवासी नेपाली एकतामन्च नेदरल्याण्डको अध्यक्षमा धन कुमार बोहरा र सचिवमा थानेश्वर गौतम चयन भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधबकुमार नेपाल समूह निकट मानिने प्रवासी नेपाली एकता मन्च नेदरल्याण्डले १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नेकपा प्रवास समन्वय कमिटिका अध्यक्ष युवराज चौलागाइको अध्यक्षता, प्रवास समन्वय कमिटिका सह–इन्चार्ज लक्ष्मण पन्त र सचिव श्रीप्रसाद शाहको विशेष उपस्थितिमा फेब्रेअरी ६ मा सम्पन्न मन्चको भर्चुअल बैठकले राष्ट्रिय समितिको विस्तारित र पुनर्गठित कार्यसमितिलाइ अनुमोदन गर्दै बोहोरालाई अध्यक्ष र गौतमलाई सचिवमा चयन गरेको हो ।
त्यस्तै मन्चको अन्य सदस्यहरुमा संघर्षशिल केसी, श्याम सापकोटा तारानाथ सापकोटा, प्रयागराज खनाल, नितु श्रेष्ठ, बलराम पोखरेल, कमल शाही, पूजा थापा, कर्ण रोक्का, कमल रसाइली, रबिन्द्र केसी, नवराज राई, बिर्ख सुब्बा, वृन्दा थापा खडका र कैलाश गिरि रहेका छन् ।
वि.सं.२०७७ फागुन ६ बिहीवार १३:०१ मा प्रकाशित




























