६ फागुन, क्वीन्सल्याण्ड । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूह निकट मानिने प्रवासी नेपाली एकता मञ्चको क्विन्सल्याण्ड राज्य समितिको भेलाले रोजेश घिमीरको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ ।
समितिको सहसंयोजकमा कृष्ण पौडेल, सचिवमा आविष्कार पाण्डे रहेका छन् भने सदस्यहरुमा विष्णु खनाल, शिवहरि तिमिल्सिना प्रदिप राई, विवेक ढुंगाना, प्रकाश पौडेल, ईशा भट्टचन, विवेक ढकाल, बाबुराम चालिसे, सन्तोष ढकाल, विजय पोख्रेल, आशिष पौडेल, स्वीकृति केशी, नवीन खड्का, सुशान्त पाठक, आशिष कोईराला, यसोदा शर्मा, शिक्षा बराल, सन्दीप पौडेल, जोवन कोईराला, मोहनबाबु पन्त, राशिक थापा र अमीत बोगटी चयन भएका छन् ।
मन्चले विवेक अर्याल, कृष्ण प्रसाद पौडेल, प्रमोद दवाडी, राजिव पान्डे, प्रकाश राई र अमीत गिरी रहेको सात सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ ।
वि.सं.२०७७ फागुन ६ बिहीवार १३:२१ मा प्रकाशित



























