back
CTIZAN AD

पेट्रोलियम पदार्थको मुल्यबृद्धि फिर्ता लिन अनेरास्ववियूको ४८ घण्टे अल्टिमेटम

वि.सं.२०७७ फागुन ६ बिहीवार

927 

shares

फागुन ६, काठमाडौं । प्रचण्ड–नेपाल पक्षीय अनेरास्ववियूले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मुल्यबृद्धि फिर्ता गर्न ४८ घण्टे अल्टिमेटम दिएको छ । बिहिबार मुल्यबृद्धिको विरोध स्वरुप आयल निगम घेराउ गर्दै अनेरास्ववियुले अल्टिमेटम दिएको हो ।

दिइएको समयसीमाभित्र मूल्य समायोजन नगरिए जनताको स्तरबाट कारबाही गर्ने अनेरास्ववियूले चेतावनी पनि दिएको छ । घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियूका नेता रञ्जित तामाङले मुल्यबृद्धि फिर्ता नलिए जहाँ भेट्यो त्यहिँ कारबाही गर्ने चेतावनी दिए ।

पछिल्लो साता मात्रै आयल निगमले २ पटकसम्म पेट्रोलियम पदार्थको मुल्यबृद्धि गरेको छ । माघ २८ र फागुन ४ गते निगमले मुल्यबृद्धि गरेको थियो ।

माघ २८ मा खाना पकाउने ग्याँससहित पेट्रोल र डिजेलमा मुल्य बढाइएको थियो भने फागुन ४ मा पुनः डिजेल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मुल्य बढाइएको छ ।

वि.सं.२०७७ फागुन ६ बिहीवार १५:३३ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...