फागुन ५, काठमाडौं । अविश्वासको प्रस्ताव आरामले विफल पारिदिने घोषणा गरेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफुँविरुद्वको प्रस्ताव फिर्ता प्रचण्ड–नेपाल समूहसँग आग्रह गरेका छन् । बिहिबार बिराटनगरमा प्रचण्ड–नेपाल पक्षसँग छलफल गर्दै राईले यस्तो प्रस्ताव राखेका हुन् ।
उनले दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिन, कांग्रेससँगको निर्णय पर्खन र अदालत र निर्वाचन आयोगको निर्णय कुर्न आग्रह गरेका छन् । तर, प्रचण्ड–नेपाल पक्षले भने राईका सबै प्रस्ताव अस्वीकार गरेको छ ।
प्रचण्ड–नेपाल पक्षका नेता इन्द्र आङ्वोका अनुसार राईले गरेका प्रस्ताव अस्वीकार गरिएको छ । आफुँहरुले अविश्वासको पप्रस्तावमाथि छलफल हुने प्रक्रिया अगाडि बढाउनुको विकल्प नरहेको स्पष्ट राखेको बताए ।
उनका अनुसार अविश्वासको प्रस्ताव फिर्ता लिए सांसदहरुमाथि गरिएको कारबाही फिर्ता लिने आश्वासन देखाइएको थियो । तर, ति प्रस्ताव निअर्थक रहेको उनको भनाई छ ।
नेकपा विभाजनसँगै गत पुस १२ मा प्रचण्ड–नेपाल पक्षका ३७ सांसदले राईविरुद्व अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । तर, हालसम्म उक्त प्रस्ताव टेबुल पनि गर्न दिइएको छैन् । सत्ता पक्षको दबाबमा सभामुखले प्रदेश सभा बैठक निरन्तर स्थगित गर्दै आएका छन् ।
वि.सं.२०७७ फागुन ६ बिहीवार १७:३१ मा प्रकाशित






























