फागुन ६, काठमाडौं । संसद विघटन गर्ने कदमको विरुद्वमा आन्दोलनरत नेकपाको प्रचण्ड–नेपाल समूहले काठमाडौंको टुँडिखेललाई मानव साङ्लोले घेराउ गरेको छ ।
बुधबारदेखि सुरु चौथो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत बिहिबार टुँडिखेलमा मानव साङ्गो बनाएर विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीले विभिन्न नारासहितका प्लेकार्ड लिएका छन् । प्रदर्शनमा सहभागीले ‘प्रतिगमन मुर्दावाद’, ‘लोकतान्त्रिक शक्तिहरु एक हौं’, ‘संसद विघटन गर्न पाइँदैन, निरंकुशतन्त्र चाहिँदैन’लगायतका नाराहरु लगाएका छन् ।



वि.सं.२०७७ फागुन ६ बिहीवार १७:५६ मा प्रकाशित






























