६ फागुन, काठमाडौँ । २०२१ को आईपिएलका लागि चेन्नाईमा भइरहेको अक्सनमा नेपाली राष्ट्रिय टिमका स्पिनर सन्दिप लामिछानेलाई बिक्न असफल भएका छन । उनीलाई कुनै पनि टिमले अनुबन्धित गर्न चासो देखाएनन् । उनले २०२१ को आईपिएल अक्सनमा आफ्नो बेस प्रईज ४० लाख राखेका थिए ।
आईपिएल अक्सन अगाडी उनलाई दिल्ली क्यापिटल्सले रिलिज गरेको थियो । उनले आईपिएलमा ९ खेलबाट १३ विकेट निकालेका थिए ।
वि.सं.२०७७ फागुन ६ बिहीवार १८:०१ मा प्रकाशित





























