back
CTIZAN AD

खोटाङका पाँच स्थानीय तहमा निःशुल्क स्वास्थ्य शिविर

वि.सं.२०७७ फागुन ६ बिहीवार

768 

shares

६ फागुन, खोटाङ । जनसेवा समाज नेपाल र डिटुएन फाउण्डेशन अमेरिकाको साझेदारीमा खोटाङका पाँच स्थानीय तहमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । अमेरिकी सहयोगमा जनसेवा समाज नेपाल जालपाद्वारा सञ्चालित कोरोना सहायता परियोजनाअन्तर्गत दूरदराजमा रहेका सर्वसाधारणलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले बुधबारदेखि स्वास्थ्य शिविर शुरु गरिएको हो ।

जनसेवा सामुदायिक अस्पताल जालपासँगको सहआयोजनामा जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ऐसेलुखर्क गाउँपालिकाबाट शुरु गरिएको स्वास्थ्य शिविरमा विशेषज्ञसहितको टोली सहभागी छन् । वडा नं ३ ऐसेलुखर्क बजारमा आयोजना गरिएको स्वास्थ्य शिविरको पहिलो दिन २२४ जनाको स्वास्थ्य परीक्षणका साथै औषधि वितरण गरिएको जनसेवा सामुदायिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ध्रुव श्रेष्ठले बताए ।

ऐसेलुखर्क गाउँपालिकाको बाकाचोल, माक्पा, राखाबाङ्देल, ऐसेलुखर्क, महेश्वरी र जलेश्वरीका सर्वसाधारणलाई लक्ष्य गरेर विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ । शिविरमा सामान्य स्वास्थ्य जाँच, आँखा, दाँत, भिडियो एक्स–रे, आमा तथा शिशुको स्वास्थ्य परीक्षण, सर्भाइकल परीक्षणलगायतका सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको जनाइएको छ ।

स्थानीय बासिन्दाको गाउँमै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएपछि सेवाग्राहीसमेत हर्षित भएका छन् । पन्ध्र श्ययाको एक मात्र सरकारी अस्पताल रहेको जिल्लामा दूरदराजका स्थानीय बासिन्दाका लागि सामान्य किसिमको बिरामी पर्दासमेत ठूलो आर्थिकभार व्यहोरेर स्वास्थ्योपचारका लागि बाहिरी जिल्ला जानुपर्ने बाध्यता छ ।

यस्तै फागुन ८ र ९ गते केपिलासगढी गाउँपालिकाको बाक्सिला, फागुन ११ र १२ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पाथेका, फागुन १४ र १५ गते रावाबेँसी गाउँपालिकाको हरमटार र फागुन १६ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जालपा स्वास्थ्य शिविरको तयारी गरिएको छ ।

विशेषगरी ज्येष्ठ नागरिक, महिला, बालबालिका, शारीरिक अपाङ्गता भएका नागरिक तथा महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको आयोजकले जनाएको छ । निःशुल्क स्वास्थ्य शिविरमा सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीले सहजीकरणको काम गरिरहेका छन् ।

स्वास्थ्य शिविरमा जनसेवा सामुदायिक अस्पतालका एक जना एमडिजिपी, दुई मेडिकल अधिकृत, एक बालरोग विशेषज्ञ र एक दन्तरोग विशेषज्ञ गरी १४ जना स्वास्थ्यकर्मीको सहभागिता रहेको छ । जिल्लाको उत्तरपूर्वी क्षेत्रका स्थानीय तथा विपन्न समुदायको स्वास्थ्य सेवामा सहज, सुलभ र समान पहुँच विस्तार गर्ने उद्देश्यका साथ विसं २०६९ मा जनसेवा सामुदायिक अस्पताल स्थापना गरिएको हो ।
रासस

वि.सं.२०७७ फागुन ६ बिहीवार १६:४७ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

भद्रपुर (झापा) । वैदेशिक रोजगारीका लागि लामो समय विदेशमा पसिना...

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

थुम्लुङ खोलामा पक्की पुल निर्माण हुँदै

थुम्लुङ खोलामा पक्की पुल निर्माण हुँदै

भोजपुर । भोजपुरको तेजिङ–हिलारी राजमार्गअन्तर्गत पर्ने थुम्लुङ खोलामा पक्की पुल...

कोशी प्रदेशमा ४४ वटा एफएम रेडियो बन्द

कोशी प्रदेशमा ४४ वटा एफएम रेडियो बन्द

झापा । कोशी प्रदेशमा रहेका एफएम रेडियोहरू धमाधम बन्द हुन...