back
CTIZAN AD

सडकमा प्रदर्शन गर्दै राजावादीहरु

वि.सं.२०७७ फागुन ६ बिहीवार

594 

shares

६ फागुन,काठमाडौँ । राजसंस्था र हिन्दूराष्ट्र नेपाल पूनःस्थापनाको माग गर्दै राजावादीहरुले फागुन ८ गते माइतीघर मण्डलामा जनप्रदर्शन गर्ने भएको छ ।

बिहान ११ बजेबाट जनप्रदर्शन सुरु गरिने बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जानकारी गराइएको छ। उक्त कार्यक्रममा शिवसेना नेपाल सह–अध्यक्ष दिनेश कँडेलले प्रेस वक्तव्यमार्फत उक्त जानकारी गराएका थिए ।

कँडेलले आफूहरुले अब संघीय लोकतान्त्रिक गणतन्त्र फालेर राजतन्त्र पूनःस्थापना गर्ने पनि घोषणा गरे । उनले भने, ‘यो संबिधानलाई फालेर ०४७ सालको संबिधान पूनःस्थापना गर्नुपर्छ । यो आन्दोलनले संघीय गणतन्त्रको जग हल्लाउने छ। त्यो आन्दोलनले धर्मयुद्धको खाका कोर्नेछ ।’

कार्यक्रममा बोल्दै हिन्दू अभियन्ता चिरण वीर प्रताप खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर नेपाली जनतामाथि ठूलो घात गरेको टिप्पणी गरे । उच्छृंखल राजनीतिले गर्दा आन्दोलनमा होम्मिन बाध्य भएको बताउँदै उनले आइतबार माईतीघर मण्डलामा ११ बजे आउन अनुरोध गरे ।

यो देश राजाले बचाएको बताउँदै त्यसकारणले अब देशमा राजाको खाँचो भएकोमा जोड समेत दिए ।

वि.सं.२०७७ फागुन ६ बिहीवार १९:३१ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...