back
CTIZAN AD

भागरथी हत्या प्रकरण, प्रहरी अनुसन्धान भन्छ-मार्ने र मारिने दुवै नाबालक !

वि.सं.२०७७ फागुन ७ शुक्रवार

954 

shares

७ फागुन, काठमाडौं । बैतडीकी भागरथीको हत्या अभियोगमा पक्राउ परेका किशोर नाबालक रहेको खुलेको छ ।

बैतडीको दोगडाकेददार गाउँपालिका ७ चडेपानीकी भागरथीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका दिनेश भट्ट १६ वर्ष र भागरथीको उमेर १८ वर्ष रहेको र उनीहरु दुवै नाबालक रहेको खुलेको छ ।

पीडितका परिवारले दिएको जाहेरीमा किशोरको उमेर अन्दाजी १८ र भागरथीको उमेर १७ वर्ष रहेको थियो । तर, प्रहरीले बिहिबार उनीहरु पढ्ने सनातन धर्म माविबाट झिकाएको दुवैजनाको प्रमाणमा दुवैजना नाबालक देखिएका छन् । प्रहरीका अुनसार किशोरको जन्ममिति २०६१ फागुन १० गते रहेको र भागरथीको जन्ममिति २०५९ बैशाख ५ गते भएको पाइएको पनि शुक्रबारको कान्तिपुर दैनिकमा समाचार छ ।

भागरथी हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका दिनेशले प्रहरीको थप अनुसन्धानमा भागरथीको घडी फालेको स्थानको बारेमा जानकारी दिएको र उनले भनेको ठाउँमा पुगेर खोजी गर्दा घटनास्थल नजिकैको खोल्सामा घडी फेला परेको समेत प्रहरीले जनाएको छ ।

आरोपित भट्टलाई बुधबार जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखेर विस्तृत अनुसन्धान गरिरहेको पनि प्रहरीले जनाएको छ ।

माघ २१ गते स्कुल गएकी भागरथी भट्टको अर्कोदिन माघ २२ गते दोगडाकेदार गाउँपालिकाको लबलेक जंगलकोको खोचलेकमा हत्या गरिएको अवस्थामा शब भेटिएको थियो ।

वि.सं.२०७७ फागुन ७ शुक्रवार ०९:०० मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...