back
CTIZAN AD

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध सरकारको ध्यानाकर्षण

वि.सं.२०७७ फागुन ७ शुक्रवार

651 

shares

७ फागुन, पोखरा । हालै भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर राष्ट्रिय उपभोक्ता मञ्च गण्डकी प्रदेश र जागौँ नेपाल राष्ट्रिय अभियान पोखराले सरकारको ध्यानाकर्षण गराएका छन् । मञ्चका अध्यक्ष कपिलनाथ कोइराला र अभियानका संयोजक दीपक आचार्यले एक विज्ञप्ति जारी गरी मूल्यवृद्धि सरकार स्वयंले गरेको नीतिगत निर्णयको बर्खिलाप रहेको जनाउँदै सरकारको कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

जारी विज्ञप्तिमा भनिएको छ, “सरकारले २०७३ माघदेखि लागू हुने गरी स्वचालित मूल्य प्रणाली लागू गरेको थियो, जसमा अन्तर्राष्ट्रिय बजार कच्चा पेट्रोलियम पदार्थको मूल्य घटबढ भएमा प्रत्येक १५÷१५ दिनमा मूल्य समायोजन गर्न सकिन उल्लेख छ । तर अहिलेको मूल्य १५ दिनमा नै दुईपटक बढाइएको छ । जबकि इण्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई १५÷१५ दिनमा मात्र बिलिङ गर्ने गर्दछ, तसर्थ यसबीचमा मूल्य बढाउनुपर्ने कारण के हो”, प्रश्न गरिएको छ ।

त्यस्तै छ वर्ष अगाडि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर १३८ युएस डलर प्रतिब्यारेल हुँदा नेपालमा पेट्रोलको मूल्य रु १०८ थियो । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थ रु ६५ डलर प्रतिब्यारेल हुँदा यहाँ रु ११४ कसरी कायम गरियो भन्ने कुरालाई पनि उठान गरिएको छ । तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा घटेर २७ डलर प्रतिब्यारेल हुँदा तीन महिनासम्म मूल्य समायोजन नगर्ने र अहिले नियमविपरीत १५ दिनमै दुईपटक मूल्यवृद्धि गर्ने कामको चर्को आलोचना गरिएको छ ।

विज्ञप्तिमा डिलरको कमिशन बढाइएको र बोनस पनि बाँडिएकाले त्यसको भार उपभोक्तामाथि थोपरिएको उल्लेख छ । “पेट्रोलियम पदार्थमा हुने मूल्यवृद्धिले ढुवानी भाडामा वृद्धि भई अन्य सम्पूर्ण वस्तु तथा सेवामा समेत मूल्यवृद्धि हुने अवस्था आउने निश्चित छ । के यसरी देशमा सुशासन कायम हुन्छ”, विज्ञप्तिमा उल्लेख छ । जिम्मेवार सरकारको दायित्व निर्वाह गर्दै यो मूल्यवृद्धि तत्काल फिर्ता लिएर उपभोक्तालाई राहत दिन ज्ञापनपत्रमार्फत सरकारलाई आग्रह गरिएको छ ।
रासस

वि.सं.२०७७ फागुन ७ शुक्रवार ११:२३ मा प्रकाशित

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच...

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि...