७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले संबिधान नमिच्ने र मिच्न पनि नदिने बताएका छन् ।
७१ औं प्रजातन्त्र दिवसका अवसरमा शुक्रबार टुँडीखेलमा आयोजित समारोहलाइ सम्बोधन गर्दै आफ्नो नेतृत्वको सरकारले लोकतन्त्रको बाटो नबिराउने तथा जनताको अभिमत विपरीत गएर काम नगर्ने बताएका छन् ।
देशलाई अस्थिरताबाट जोगाउनका लागि जनअनुमोदित प्रक्रियामा जानेबाटो ताजा जनादेश भएको भन्दै तोकिएको मितिमै चुनाव हुनेमा जोड दिएका थिए । प्रधानमन्त्री ओलीले मतभेदलाई छोडेर राष्ट्रियहितमा अगाडि बढ्नुपर्ने समेत बताएका छन् ।
वि.सं.२०७७ फागुन ७ शुक्रवार ११:३३ मा प्रकाशित






























