६ फागुन, काठमाडौं । तीनदिन देखि निरन्तर रुपमा ओरालो लागेको सुनको मूल्य आजपनि १ हजार रुपैँयाले ओरालो लागेको छ । बिहिबार ८९ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ८८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला ८७ हजार ७५० रुपैयाँमा कायम भएको छ । यस्तै चाँदीको मूल्यपनि आज ३० रुपैँयाले घटेको छ ।
बिहिबार १३३५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १३४० रुपैँयामा कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
वि.सं.२०७७ फागुन ७ शुक्रवार १२:२४ मा प्रकाशित





























