फागुन ७, काठमाडौं । लद्दाखस्थित गलवान क्षेत्रमा भारतीय सैनिक र चिनियाँ सैनिकबीच भएको झडपमा ४ चिनियाँ सैनिकको मृत्यु भएको पुष्टी भएको छ । चिनियाँ अखबार पिपुल्स डेलीले उक्त घटनामा चार चिनियाँ सैनिकको मृत्यु भएको पुष्टी गरेको हो ।
पिपुल्स डेलीका अनुसार उक्त झडपमा चिनियाँ सैनिकका एक कर्नेलसमेत घाईते भएका थिए ।
उक्त हिंस्रक झडपमा भारतीय सेनाका कर्नेलसहित २० जवानको मृत्यु भएको कुरा भारतीय पक्षले पुष्टी गरेको थियो । घटनामा गोलीसमेत चलेको बताइएको थियो ।
२०२० को जुन १५ को राती पूर्वी लद्दाखको गलवान घाटीमा चिनियाँ सैन्य र भारतीय सैन्यबीच हिंस्रक झडप भएको थियो । चिनियाँ पक्षले सीमा पारि आएर भारतीय पक्षमाथि आक्रमण गरेका थिए ।
गलवानको उक्त घटनापश्चात नै भारतीय पक्ष र चिनियाँ पक्षबीच निरन्तर तनाव देखिएको छ ।
वि.सं.२०७७ फागुन ७ शुक्रवार १२:४२ मा प्रकाशित






























