back
CTIZAN AD

यी हुन आईपिएल अक्सनमा सर्वाधिक मूल्यमा बिक्री भएका ५ खेलाडी, हेर्नुहोस कुन खेलाडीलाई कुन टिमले किन्यो त

वि.सं.२०७७ फागुन ७ शुक्रवार

906 

shares

७ फागुन, काठमाडौँ । २०२१ को आईपिएल अक्सन बिहिबार समाप्त भएको छ । अक्सनमा केही खेलाडीहरु निकै महंगो मूल्यमा बिके भने केही खेलाडीहरुको आईपिएल खेल्ने सपना अधुरै रह्यो ।

आईपिएल अक्सनको इतिहासकाे सबै भन्दा बढि मूल्यमा दक्षिण अफ्रिकाका क्रिस मोरिसलाई राजिस्थान रोयलले टिममा अनुबन्धित गरेको छ । उनलाई राजिस्थानले १६.२५ करोडमा टिममा अनुबन्धित गरेको हो । यस अघि आईपिएल अक्सनको इतिहासमा सबै भन्दा महंगा खेलाडी भारतका युवराज सिंह रहेका थिए । उनलाई दिल्लीले २०१५ को अक्सनमा १६ करोडमा टिममा अनुबन्धित गरेको थियो ।

त्यसैगरी अक्सनमा सर्वाधिक मूल्यमा बिक्ने ५ खेलाडीहरुको नाम यस प्रकारको रहेको छ :

१. क्रिस मोरिस

दक्षिण अफ्रिकाका क्रिस मोरिसलाई राजिस्तान रोयल्सले आईपिएलकौँ इतिहासकै सबै बढि मूल्य तिरेर टिमा अनुबन्धित गरेको छ । उनलाई राजिस्तानले १६.२५ करोडमा टिममा अनुबन्धित गरेको हो । दक्षिण अफ्रिकी टिमका अलराउण्डर क्रिस मोरिसले आईपिएलमा ७० खेल खेलेका छन जसमा उनले ब्याटिङ्ग ५५१ रन बनाएका छन भने बलिङ्गमा ८० विकेट लिएका छन ।

२. काइल जैमीसन

न्यूजिल्याण्ड क्रिकेट टिमका फास्ट बलर काइल जैमीसनले सर्वाधिक महंगो मूल्यमा बिक्रीहुने खेलाडीको सूचिमा दोस्रो स्थानमा रहेका छन । उनलाई रोयल च्यालेन्जर्स बेङ्गलोरले १५ करोडमा टिममा अनुबन्धित गरेको हो । पहिलो पटक आईपिएल खेल्न गईरहेका काइल जैमीसनले न्यूजिल्याण्ड क्रिकेट टिमका लागि अन्तराष्ट्रिय क्रिकेटमा १२ खेल खेलेका छन जसमा उनले ४२ विकेट लिएका छन ।

३. ग्लेन म्याक्सवेल

अष्ट्रेलियन क्रिकेट टिमका अलराउण्डर ग्लेन म्याक्सवेल यस सूचिको तेस्रो स्थानमा रहका छन । उनलाई रोयल च्यलेन्जर्स बेङ्गलोरले १४.२५ करोडमा टिममा अनुबन्धित गरेको हो । १४.२५ करोडमा बिकेका ग्लेन म्याक्सवेलले ८२ खेल खेलेका छन जसमा उनले ब्याटिङ्गमा १५०५ रन बनाएका छन भने बलिङ्गमा १९ विकेट लिएका छन ।

४. झाय रिचर्डसन

अष्ट्रेलियन क्रिकेट टिमकै अर्का फास्ट बलर झाय रिचर्डसन यस सूचिको चौथो स्थानमा रहका छन । उनलाई किंग्स इलेवन पंजाबले १४ करोडमा टिममा अनुबन्धित गरेको छ । आईपिएलमा पहिलो पटक खेल्न गईरहेको झाय रिचर्डसनले अष्ट्रेलियाका लागि २४ खेल खेलेका छन जसमा उनले ३९ विकेट लिएका छन ।

५. कृष्णप्पा गौतम

भारतीय अलराउण्डर कृष्णप्पा गौतम यस सूचिको पाँचो स्थानमा रहेका छन । उनलाई चेन्नाई सुपर किंग्सले ९.२५ करेडमा टिममा अनुबन्धित गरेको हो । उनले अक्सनमा आफ्नो नामका नयाँ रकर्ड बनाएका छन । उनी आईपिएल अक्सनमा सबै भन्दा बढि मूल्यमा बिक्री हुने भारतीय अनक्यापड खेलाडी समेत बनेका छन । उनले आईपिएलमा २४ खेलबाट ब्याटिङ्गमा १८६ रन बनाएका छन भने बलिङ्गमा १३ विकेट लिएका छन ।

त्यसैगरी रिले मेरीडिथ ८ करोड, मोइन अली ७ करोड, टम कराण ५.२५ करोड, शाहरुख खान ५.२५ करोड, शिवम दुबे ४.४० करोडमा विभिन्न टिममा अनुबन्धित भएका छन ।

वि.सं.२०७७ फागुन ७ शुक्रवार १४:१२ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...