back
CTIZAN AD

उदाहरणीय उपमेयर: शौखिनको गाडी त्यागेर नगरको लागि एम्बुलेन्स खरिद

वि.सं.२०७७ फागुन ७ शुक्रवार

2.1K 

shares

स्थानिय निकायका कतिपय जनप्रतिनिधिमा गाडी चढ्ने मोह रहेका बेला उदयपुरको कटारी नगरपालिकाकी उपयेमर भीम कुमारी राउतले भने आफ्ना लागि गाडी किन्न नगरसभाबाट निकासा गरिएको रकमलाई सामाजिक काममा लगाएकी छन् ।

नगरपालिकाद्धारा उनका लागि गाडी किन्न भनेर निकासा गरिएको ४० लाख रुपैयाँमध्ये उनले १२ लाखको एम्बुलेन्स किनेर नगरपालिमाभित्रै रहेको कटारी अस्पताललाई हस्तान्तरण गरेकी छन् ।

जनप्रतिनि भएर आउनासाथ उनका लागि नगरपालिकाले बोलेरो गाडिको व्यवस्था गरेको थियो । अहिले सोहि गाडीले आफूलाई कामचल्ने बताउँदै जनताको जीवन जस्तै गरेर आफूले पनि ठूलो महत्वकांक्षा नराखेर उनीहरुको दुःखमा थोरै भएपनि सहयोग गर्ने कोशिष गर्ने कोशिष गरेको बताउँछिन् राउत ।

‘यत्रो वर्ष राजनीति गरियो । जनताकै सहयोग र मायाले स्थानीयतहमा निर्वाचित भइयो । तिनै महिला र विपन्न वर्गलाई माथि उठाउने भनेर लागेका हौं । उहाँहरुले सधै दुःख पाइरहने उहाँहरुका लागि केही गर्नुपर्छ भनेर यस्तो काम गरेकी हुँ,’ संसारन्युजसँग कुरा गर्दै राउतले भनिन्, ‘मेरो पुरानो बोलेरो छ, दुःख सुख त्यसैमा चढ्छु ।’

उक्त एम्बुलेन्सले नगरपालिकाका सुत्केरी महिलाहरुलाई निःशुल्क सेवा दिने मेयर राउतले बताइन् । साथै अन्य विपन्न वर्गका लागि भने उसको अवस्था हेरेर कटारी अस्पतालका डाक्टरले सिफारिस गरेको खण्डमा निःशुल्क सेवा दिइनेछ ।

त्यस्तै बाँकी पैसा वडा नं ११ मा रहेको बेतिनि पर्यटकीय क्षेत्रका लागि खर्च गरिने उनले बताइन् । ‘त्यहाँ ४-५ वटा वडाको सेन्टर पर्छ । त्यहाँ पर्यटकीय भवन बनाउनका लागि ०६४ सालतिर जग हालेर पिल्लर राखेर त्यत्तिकै छोडेको रहेछ । त्यसलाई एकतले भवन बनाउने भनेर निर्णय भइसकेको हुनाले अव त्यहि खर्च गरिने छ ।’ उनले भनिन् ।

त्यसैगरी महिलाहरु आफ्नो खुट्टामा उभिएर आत्मनिर्भर भउन् भन्नका लागि नगरपाकिालमा विभिन्न प्रकारका शीपमुलक तालिमहरु पनि संचालन गरिएको पनि मेयर राउत बताउँछिन् । उनका अनुसार हाल नगरपालिकाले विपन्न तथा कमजोर आर्थिक अवस्था भएका महिलालाई व्यवसायमा लगाउनका लागि ८० जना महिलाहरुलाई मखमलको जुत्ता, किचनसुज बनाउने, सिलाइकटाइ, बुटिक, अटो चलाउने, बाख्रा पालन, तरकारीखेती लगायतका क्षेत्रमा तालिमहरु संचालन गरिरहेको छ ।

आफू आत्मनिर्भर हुन र बलियो बन्नका लागि २–४ पैसा आउने आयश्रोत महिलाहरुले रोज्नुपर्ने बताउँछिन् मेयर राउत । ‘आफू व्यस्त हुने, कुनै न कुनै सानोतिनो नै किन नहोस्, सीप तथा उत्पादनशील क्षेत्रमा लाग्नुपर्छ,’ मेयर राउत भन्छिन्, ‘साथै श्रीमान बैदेशिक रोजगारमा र यहाँ उहाँहरुको परिवार यताउता भएको अवस्था पनि छ । उहाँहरुलाई पनि सीपमुलक तालिम दिएर व्यवसायमा लगाउने सोँच पनि बनाएका छौं ।’

त्यसैगरी स्वास्थ्य क्षेत्रमा पनि महिलाहरुका लागि विशेष ध्यान दिनुपर्ने बताउँछिन मेयर राउत । महिलाहरुले आफूमा भएको समस्या नभन्ने र रोग लुकाएर बस्ने गरेको अवस्थामा त्यसले गम्भीर समस्या पनि ल्याइएको पाएका छौं । ‘स्वास्थ्य नै पहिलो प्राथमिकतामा राखेर स्वास्थ्यमा पनि जोड दिइरहेका छौं । गर्भवती लगायत अन्य महिलाको स्वास्थ्य जाँचका लागि अभियानकै रुपमा लैजाने तथा गाउँमै स्वास्थ्य शिविर आयोजना गरेर आमा र बच्चा दुवैको स्वास्थ्यमा विशेष ध्यान दिने अभियानमा लागेका छौं ।’

मेयर राउतले देशैभरीका जनप्रतिनिधि त्यसमा पनि विशेष गरेर महिला जनप्रतिनिधीहरुलाई यो पहिलोपटक पाएको अवसरलाई सहि सदुपयोग गरेर कामगर्न आग्रह गरेकी छन् । यो ठूलो अवसर भएकाले कुनै लफडामा नफसि यो अवसरलाई नगुमाउन समेत उनले अनुरोध गरेकी छन् ।

‘कति महिलाहरुले आन्दोलन गरेर यो अधिकारका लागि लड्नु भएको थियो । त्यसैको फल हो प्रत्येक स्थानीयतहमा एक महिला उपाध्यक्ष तथा उपमेयर पद । त्यसैले पनि यो अवसर नगुमाउनका लागि सबै महिलाहरुले त्याग गरेर कमजोर र विपन्न वर्गलाई माथि उठाउन र उनीहरुको समस्या सम्बोधन गर्नका लागि हामीले काम गर्नुपर्छ ।’

 

वि.सं.२०७७ फागुन ७ शुक्रवार १४:२२ मा प्रकाशित

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

सिमकोट (हुम्ला) । जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

पालिकाले दियो किसानलाइ २६ लाख बराबरको कृषि सामाग्री

पालिकाले दियो किसानलाइ २६ लाख बराबरको कृषि सामाग्री

खोटाङ । रावाबेँसी गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र किसानको...