७ फागुन, काठमाडौँ । कोरिया सरकारद्वारा प्रदान गरिएको छात्रवृत्तिका लागि निवेदन माग गरिएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दक्षिण कोरिया सरकारद्वारा नेपाल सरकारका निजामती कर्मचारीलाई कोरियास्थित विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न प्रदान गरिने छात्रवृत्ति कार्यक्रमका लागि मन्त्रालय, मातहतका निकाय र स्थानीय तहका कार्यरत कर्मचारीबाट निवेदन माग गरेको हो ।
इच्छुक कर्मचारीहरुलाई छात्रवृत्तिमा प्रतिस्पर्धाका लागि कारण खुलाई कार्यरत कार्यालयको सिफारिस र अद्यावधिक व्यक्तिगत विवरण सहित फागुन २७ गतेसम्म मन्त्रालयको जनशक्ति योजना तथा विकास शाखामा पठाउन वा इमेल hrd.moga@gmail.com ठेगानामा पठाउन अनुरोध गरिएको छ ।
वि.सं.२०७७ फागुन ७ शुक्रवार १४:०७ मा प्रकाशित





























