back
CTIZAN AD

संसद विघटनको मुद्दामा सकियो बहस, अर्को पेशी फागुन ११ मा

वि.सं.२०७७ फागुन ७ शुक्रवार

759 

shares

फागुन ७, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्व सर्वोच्च अदालतमा परेका मुद्दामाथिको बहस सकिएको छ । शुक्रबार एमिकस क्युरी गीता पाठकले राय दिएसँगै बहस सकिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले फागुन १० गतेभित्र बहस नोट दिन पक्ष, विपक्ष र एमिकस क्युरीका रुपमा चयन भएका कानून व्यवसायीलाई आग्रह गरेका छन् । उनले मुद्दाको अर्को पेशी आउँदो फागुन ११ गतेका लागि तोकेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ मा प्रतिनिधि विघटन गरेकी थिइन् । संसद विघटन गरेसँगै सर्वोच्चमा विघटनको कदम गलत भन्दै १३ थान रिट निवेदन दर्ता भएका थिए ।

विघटनको विरुद्धमा दर्ता निवेदनमाथि गत माघ ४ देखि निरन्तर सुनुवाई चलिरहेको थियो । जसमा रिट निवेदक पक्ष, सरकारी पक्ष, प्रधानमन्त्रीका निजी कानून व्यवसायी र एमिकस क्युरीका कानून व्यवसायीले बसह गरेका थिए ।

वि.सं.२०७७ फागुन ७ शुक्रवार १४:३२ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...