back
CTIZAN AD

साथीको हत्या गरी फरार अभियुक्त ६ वर्षपछि पक्राउ

वि.सं.२०७७ फागुन ७ शुक्रवार

597 

shares

७ फागुन, काठमाडौं । साथीको हत्या गरी फरार अभियुक्त ललितपुर कुमारीपाटी डेरा गरी बस्ने रामेछाप गोकुलगंगा गाउँपालिका–४ काफ्लेटोल घर भएका ५४ वर्षीय भिमे सार्कीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१० धोबी खोलास्थित सिम्रिक पुल मुनी २०७१ चैत ९ गते सोही महानगरपालिका–१० थापागाउँ बस्ने दाङ तुल्सीपुर नगरपालिका–१० घर भएका द्रोण बहादुर सेन इँटाले टाउकोमा प्रहार गरी हत्या गरेको अवस्थामा मृत फेला परेका थिए ।

घटनाको अनुसन्धानको क्रममा सेनको हत्यामा भिमे सार्की संलग्न रहेको र घटना पश्चात् फरार भई भारतको राजस्थानमा लुकिछिपी बस्दै आएकोमा पछिल्लो समय काठमाडौं आई लुकिछिपी बसेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर पठाइएको उक्त महाशाखाले जनाएको छ ।

वि.सं.२०७७ फागुन ७ शुक्रवार १५:४० मा प्रकाशित

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...