back
CTIZAN AD

भारतको इतिहासमै पहिलोपटक महिला बन्दीलाई फाँसी दिने तयारी

वि.सं.२०७७ फागुन ७ शुक्रवार

954 

shares

७ फागुन, भारत । भारतको इतिहासमै पहिलोपटक महिलालाई फाँसी दिने तयारी गरिएको छ ।

२००८ मा आफ्ना परिवारको हत्या अभियोगमा जेल सजाय भोगिरहेकी शबनम नामकी महिलालाई फाँसी दिने तयारी भइरहेको बताइएको छ ।
हिन्दुस्तान टाइम्समा आगरा जिल्लाको मथुरा जेलका वरिष्ठ अधिकारी अखिलेस कुमारलाई स्रोत मान्दै प्रकाशित समाचार अनुसार शबनमलाई छिट्टै फाँसी दिने तयारी गरिएको छ ।

अमरोहाकी शबनमले आफ्ना प्रेमीसलीमसँग मिलेर २००८ को १४-१४ अप्रिलको मध्यरातमा १० महिनाको बालकसहित परिवारका ७ सदस्यलाई लठ्याउने पर्दाथ खुवाएर घाँटी रेटेर हत्या गरेकी थिइन् ।

स्कुलमा शिक्षिका रहेकी शबनम उक्त समय २४ वर्षकी थिइन् । सलिमसँग प्रेममा रहेकी उनले परिवार प्रेमका विरुद्धमा देखिएपछि त्यस्तो कदम उठाएको बीबीसीमा समाचार छ । २०१० मा ट्रायल कोर्टले उनीहरु दुवैजनालाई मृत्युदण्डको सजाय सुनाएको थियो त्यसलाई २०१५ मा सुप्रिम कोर्टले पनि सदर गरेको थियो ।

राष्ट्रपति भवनबाट उनीहरुको सजाय माफीका लागि याचना गरिएपनि सुप्रिमकोर्टले त्यसलाई खारेज गरिदिएको थियो ।

डीआइजी अखिलेस कुमारका अनुसार मथुरामा दोषी रहेका महिलालाई फाँसीदिने व्यवस्था रहेको छ, त्यो पनि गम्भीर घटनामा । किनकि स्वतन्त्र भारतमा हालसम्म कुनैपनि महिलालाई फाँसी दिइएको छैन ।

वि.सं.२०७७ फागुन ७ शुक्रवार १५:४४ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...