back
CTIZAN AD

प्रजातन्त्र दिवसको अवसर पारेर विसं २०७८ पात्रो बजारमा

वि.सं.२०७७ फागुन ८ शनिवार

708 

shares

८ फागुन, काठमाडौं । प्रजातन्त्र दिवसको अवसर पारेर विसं २०७८ का पात्रो (पञ्चाङ्ग) बजारमा आउन थालेको छ । फागुन ७ गतेदेखि आफ्नो सम्पादनमा रहेको सूर्य पञ्चाङ्ग बजारमा आएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिवसमेत रहेका पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । प्रजातन्त्र दिवसकै अवसरमा अरु पञ्चाङ्ग पनि बजारमा आउन थालेका छन् ।

आगामी वर्षका लागि तोयनाथ पन्तको पञ्चाङ्ग, बाबुराम पञ्चाङ्ग, नरनाथ पञ्चाङ्ग, हिमाल पञ्चाङ्ग, अठोला पञ्चाङ्ग, तारकेश्वर पञ्चाङ्ग, सूर्य पञ्चाङ्ग, आकाश दर्शन पञ्चाङ्ग, बगलामुखी पञ्चाङ्ग, शुभ पञ्चाङ्ग, बाबा गोरखनाथ पञ्चाङ्ग, कीर्ति पञ्चाङ्ग, सिद्धि पञ्चाङ्ग, खप्तड तारानाथ पञ्चाङ्गलाई स्वीकृति दिइएको समितिले जनाएको छ ।

विगत वर्षमा पुस अन्तिम साता नै पात्रो (पञ्चाङ्ग) प्रकाशन भइसक्ने गरेकामा यस वर्ष कोरोना महामारीका कारण पञ्चाङ्गकार जम्मा भएर रुजु गर्न समस्या भएकाले काममा ढिलाइ भएको थियो । ढिलो गरी काम शुरु गरिरहेका बेला मन्त्रिपरिषद्ले समितिको गठन आदेश स्वीकृत गरेपछि काम गर्ने कि नगर्ने अलमल भएकाले पनि अर्को तीन हप्ता ढिला भएको उहाँले जानकारी दिए।

पुस २० गते मन्त्रिपरिषद्ले समितिको गठन आदेश स्वीकृत गरेको थियो । विसं २०७० मा वर्तमान समितिलाई गठन आदेश स्वीकृत नभएसम्मका लागि काम गर्नु भनी नियुक्ति पत्र दिइएको अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । यही पत्रका आधारमा पुस २१ पछि समितिको काम ठप्प भएको थियो ।

माघ पहिलो साता संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गरी अर्को समिति गठन नभएसम्म विसं २०७८ को पात्रो प्रकाशन र नियमित काम वर्तमान समितिबाटै चलाउने निर्णय गरेको पत्र पुगेपछि फेरि काम शुरु भएको हो । पात्रोमा राखिने तिथि, बार, योग, नक्षत्र र करण गरी पाँच समूहलाई पञ्चाङ्ग भनिन्छ । पछिल्लो समय सामान्य मानिसले पनि बुझून भनी घडीपलालाई बजेमा रुपान्तरण गरेर समेत पात्रोमा राखिने गरेको छ । पात्रोलाई अझै सुधार गर्नुपर्ने माग पनि उठ्ने गरेको छ ।

यस वर्ष समितिले पनि आधिकारिक पञ्चाङ्ग निकाल्ने भएको छ । पञ्चाङ्गलाई स्वीकृति दिइसकेकाले समितिको आधिकारिक पञ्चाङ्गका बारेमा मन्त्रालयमा छलफल गरी काम अघि बढाउने तयारी भएको छ । मन्त्रालयले यस वर्ष समितिको आधिकारिक पञ्चाङ्ग निकाल्न पनि बजेट विनियोजन गरेको छ । आगामी वर्षदेखि समितिले भित्तेपात्रोलाई व्यवस्थित गर्ने भएको छ । समितिको स्वीकृतिमा पात्रो निस्किएपछि त्यही सारेर भित्तेपात्रो प्रकाशन हुने गरेकाले त्यसलाई व्यवस्थित गर्न लागिएको हो ।

सूचना तथा प्रसारण विभागले मात्र समितिको स्वीकृतिमा भित्तेपात्रो प्रकाशन गर्ने गरेको अध्यक्ष गौतमले बताउनुभयो । अन्य भित्तेपात्रो पात्रो सारेर प्रकाशन हुने गरेकाले प्रतिलिपि अधिकारसम्बन्धी कानूनअनुसार कारबाही प्रक्रिया अघि बढाउने विषयमा पनि छलफल शुरु भएको समितिले जनाएको छ । आगामी वर्ष प्रकाशन हुने भित्तेपात्रोलाई पनि स्वीकृति लिन आउनु भनी समितिले यस वर्ष सूचना प्रकाशन गरेको थियो ।

वि.सं.२०७७ फागुन ८ शनिवार १४:०७ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...