९ फागुन, काठमाडौँ । इंल्याण्ड विरुद्ध हुने टि-२० श्रृखलाको लागि भारतीय क्रिकेट र्बोड (बिसीसीआई) ले आफ्ना खेलाडीहरुको चयन गरेको छ । विराट कोहलीको कप्तानीमा भारतीय क्रिकेट र्बोडले १९ खेलाडीहरुको नाम सार्वजनिक गरेको छ ।
२०२० को आईपिएलमा उत्कृष्ट प्रदर्शन गरेको मुम्बई इन्डियन्सका इशान किसन र सूर्यकुमार यादव सहित राजिस्थान रोयल्सका राहुत तेवटिया पहिलो पटक भारतको टि-२० टिममा पर्न सफल भएका छन । त्यसैगरी बिसीसीआईले विस्फोट विकेट-किपर ब्याट्सम्यान रिषभ पंत र फास्ट बलर भुवनेश्वर कुमारलाई पनि टि-२० टिममा समावेश गरेको छ ।
इंल्याण्ड विरुद्धको टि-२० श्रृखलाबाट जसप्रीत बुमराह र मोहम्मद शमी भने बाहिरिएका छन । उनीहरुलाई बिसीसीआईले विश्राम दिने निर्णय गरेको हो । भारत र इंल्याण्ड बिचको ५ खेलको टि-२० श्रृखला मार्च ५ बाट सुरु हुनेछ ।
इंल्याण्ड विरुद्धको टि २० श्रृखलाका लागि भारतको टिम :
विराट कोहली, केएल राहुल, शिखर धवन, श्रेयस अय्यर, सूर्यकुमार यादव, रोहित शर्मा, हार्दिक, रिषभ पंत, ईशान किशन, राहुल तेवटिया, टी नटराजन, भुवनेश्वर कुमार, दीपक चहर, नवदीप सैनी, शार्दुल ठाकुर, युजवेन्द्र चहल, वरुण चक्रवर्ती, एक्सर पटेल, वाशिंगटन सुन्दर।
वि.सं.२०७७ फागुन ९ आइतवार ०९:५८ मा प्रकाशित





























