back
CTIZAN AD

नेपाल आइपुग्यो कोभिड–१९ विरुद्धको १० लाख डोज खोप

वि.सं.२०७७ फागुन ९ आइतवार

648 

shares

९ फागुन, काठमाडौं । सरकारले भारतसँग किनेको कोभिड–१९ विरुद्धको खोप कोभिशिल्ड आज आइतवार काठमाडौं आइपुगेको छ ।

भारतको सिरम इन्ष्टिच्युटबाट किनेको कोभिड–१९ विरुद्धको १० लाख डोज खोप आज दिउसो एयर इन्डियाको विमानबाट नेपाल आइपुगेको हो । खोप त्रिभुवन विमानस्थलबाट टेकुस्थित कोल्डरुपमा भण्डार गरीने छ ।

सो खोप यही फागुन २३ गतेदेखि देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीकाले जानकारी दिएका छन् ।

किनीएको २० लाख डोज खोपमध्ये बाँकी १० लाख डोज पनि छिट्टै प्राप्त हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसअघि भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको १० लाख डोज कोभिशिल्ड खोप गत माघ १४ गतेदेखि नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु गरि लगाइएको थियो ।

वि.सं.२०७७ फागुन ९ आइतवार १५:५३ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...