back
CTIZAN AD

सेयर बजारमा समान्य अकंको वृद्धि, २ जलविद्यृत कम्पनीको सेयर मूल्य १० % ले बढ्यो

वि.सं.२०७७ फागुन ९ आइतवार

810 

shares

९ फागुन, काठमाडौँ । साताको पहिलो दिन आइतबार नेप्सेमा समान्य अकंको वृद्धि देखिएको छ भने अपर तामाकोशी हाइड्रोपावर र शिव श्री हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेमा नेप्सेमा सामान्य अकंको वृद्धि देखिएसँगै व्यापार, होटल्स, विकास बैंक, जलविद्यृत उत्पादन मूलक अन्य तथा सामुहिक लगानी कोषका लगानीकर्ताहरुले उच्च अकंले कमाएका छन भने ती बाहेक बैंकिङ, वित्त कम्पनी, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त लगायतका लगानीकर्ताहरु गुमाउनेमा परेका छन ।

आज बजार परिसूचक ३ दशमलव ६६ अकंले बढेर समग्र परिसूचक २६४० दशमलव ३५ बिन्दुमा पुगेको हो । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ भने २ दशमलब २० अकंले घटेर ४७९ दशमलब ५८ अकंमा झरेको छ ।

आज कुल सूचिकृतमध्ये २०७ कम्पनीको ८ अर्ब ८३ करोड ४६ लाख ३ हजार ९६६ रुपैंया बराबरको २ करोड ४३ लाख ५ हजार ६६ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ९३ हजार ३९ पटक लेनदेन भएको छ ।

कारोबार रकमको आधारमा नेपाल बैंक, नेपाल इन्फ्राइस्ट्रक्चर बैंक, ग्लोबल आईएमई बैंक, एनआईसी एशिया बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २, नेपाल बैंक, सिटिजन म्युचल फण्ड १, नेपाल इन्फ्राइस्ट्रक्चर बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज सबै भन्दा धेरै अपर तामाकोशी हाइड्रोपावर र शिव श्री हाइड्रोपावरका लगानीकर्ताहरुले कमाएका छन । उनीहरुले १० प्रतिशतले कमाएका हुन । त्यस्तै  नेपाल इन्फास्ट्रक्चर बैंक, नेपाल इन्फ्राइस्ट्रक्चर बैंक, नेपाल हाइड्रो डेभलोपर लगायतका लगानीकर्ताहरुले उच्च अकंले कमाएका छन भने किसान लघुवित्त, सबैको लघृवित्त, समीट लघुवित्त लगायतका लगानीकर्ताहरु गुमाउनेमा परेका छन ।

आज भएको कारोबारमा ६७ कम्पनी लागनीकर्ताले कमाउदाँ १०३ कम्पनीमा लगानीकर्ताले गुमाएका छन भने ४ कम्पनीको सूचकमा कुनै पनि फेरबदल भएको छैन ।

वि.सं.२०७७ फागुन ९ आइतवार १५:४७ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...