back
CTIZAN AD

आमाबुवा गुमाएका बालबालिकालाई नगरपालिकाले दियो भत्ता

वि.सं.२०७७ फागुन १० सोमवार

798 

shares

१० फागुन, काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाले नगरपालिकाभित्र रहेका विभिन्न कारणले आमाबुबा गुमाएका १८ वर्षभन्दा मुनिका बालबालिकालाई ‘आमाबुबाविहीन बालबालिकाको संरक्षण कार्यक्रम’ अन्तर्गत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।

बनेपा नगरपालिका र वाग्मती प्रदेश सरकारको संयुक्त आयोजनामा आमाबुबाविहीन १२ बालबालिकालाई भत्ता वितरण गरिएको हो ।

बनेपा नगर प्रमुख लक्ष्मी नरसिंह बादेले वाग्मती प्रदेशबाट प्राप्त रु दुई हजारमा नगरपालिकाको तर्फबाट रु एक हजार थप गरी मासिक रु तीन हजारका दरले सामाजिक सुरक्षा भत्ता वितरण गरिएको बताए ।

सो क्रममा उनले बालबालिकालाई प्राप्त रकम शिक्षा र स्वास्थ्यमा लगानी गर्दै अध्ययनमा ध्यान दिन आग्रह गरे । “भविष्यमा आफू सफल हुनका लागि पढ्नुपर्छ र राम्रो बानी व्यहोरा बनाउनुपर्दछ”, उनले भने ।

“अहिलेदेखि राम्रो गर्दै जानुभयो भने भविष्यमा अवश्य पनि राम्रो मान्छे बन्नुहुनेछ ।” अहिले वितरण गरेको रकम देख्दा थोरै देखिए पनि एक पैसा पनि नभएको भन्दा यसले धेरै भएको बताउदैे त्यसबाट खर्च गर्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा वाग्मती प्रदेश नीति तथा योजना आयोग सदस्य यमुना कँडेलले बालबालिकाको संरक्षण कार्यक्रमअन्तर्गत सामाजिक सुरक्षा भत्ता वितरण शुरुआत भएको बताइन् । प्रदेशभित्रका अरु पालिकामा पनि यस्तै बालबालिका कति छन् भन्ने तथ्याङ्क नहुँदा कार्यक्रम सञ्चालन गर्न अप्ठ्यारो परिरहेको उनले बताए ।

“आगामी दिनमा पालिकासँग समन्वय गरेर वडा वडाबाट विवरण सङ्कलन गरी कस्ता कार्यक्रम सञ्चालन गर्दा कुनै पनि बालबालिका पछाडि पर्दैनन् भन्ने सोचिरहेका छौँ”, उनले भने, “आफ्ना छोराछोरीका बारेमा सबै अभिभावकले सोचेर काम गरिरहँदा त समस्या हुन्छन् भने अभिभावकविहीन बालबालिकालाई कति समस्या होला ?” समस्यामा रहेका बालबालिकाका लागि प्रदेश र स्थानीय सरकार सधैँ साथमा रहने उल्लेख गर्नुहुँदै उहाँले बालबालिका सुखी भएमा मात्रै राष्ट्र सुखी र समृद्ध हुने बताए ।

कार्यक्रममा आमाबुबाविहीन बालक विजय खत्रीका संरक्षक (ठूलोबुबा) गोवद्र्धन खत्रीले नगरपालिकाले वितरण गरेको सामाजिक सुरक्षा भत्ता ढिला भएको बताए ।

जनप्रतिनिधि आएर लामो समय बितिसकेको अवस्थामा अहिले आएर मात्रै वितरण गर्नु ढिला भएको उहाँको भनाइ छ । सो क्रममा १८ वर्षभन्दामुनिका नगरपालिकाको वडा नं २ बाट तीन, वडा नं ३ बाट दुई, वडा नं ६ बाट एक, वडा नं १० बाट दुई, वडा नं ११ बाट दुई र वडा नं १३ बाट दुई गरी १२ जनालाई जनही रु आठ हजारका दरले रकम वितरण गरेको थियो ।रासस

वि.सं.२०७७ फागुन १० सोमवार ०९:२८ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...