११ फागुन, काठमाडौं । स्वास्थ्य उपचारको लागि भारतको नयाँ दिल्ली पुगेका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी नेपाल संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई आज अस्पताल भर्ना भएका छन् ।
डा भट्टराईलाई नयाँदिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना गरिएको उनको निजी सचिवालयले जनाएको छ । सोमबार चिकित्सकसँग प्रारम्भिक परामर्श लिएका डा. भट्टराई आज थप उपचारको लागि भर्ना भएको जनाइएको छ ।
ललितपुरको निदान अस्पतालमा गरिएको परिक्षणमा डाक्टर भट्टराईको पेटमा ट्युमर आशंका गरिएपछि थप परिक्षण एवं उपचारका लागि दिल्ली गएका हुन् ।
पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको आज दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा विहान ९ बजेदेखि भर्ना गरिएको छ । आज दिनभर उहाँलाई अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिनेछ । ११ फागुन २०७७ । pic.twitter.com/IEp793AthI
— Bishwadeep Pandey (@BishwadeepP) February 23, 2021
वि.सं.२०७७ फागुन ११ मंगलवार ११:२२ मा प्रकाशित






























