काठमाडौं । मंगल ग्रहमा जीवनको सम्भावनाबारे अनुसन्धान चलिरहेको बेला अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका सोधकर्ताले नयाँ दाबी सार्वजनिक गरेका छन् । सोधकर्ताले मंगलमा पृथ्वीका केहि सुक्ष्म जीव जिउँदो रहन सक्ने दाबी गरेका हुन् ।
सोधकर्ताले जसबारे प्रमाणसमेत मिलेको बताएका छन् । जुन दाबी आगामी मंगल मिशनका लागि निकै महत्वपूर्णं हुने बताइएको छ ।
मानिएको छ कि पृथ्वीको वायुमण्डल र मंगलको वायुमण्डलमा धेरै कुरा समान छन् । जर्नल फ्रंटियर्स इन माक्रोबायोलोजीमा प्रकाशित यस अध्ययनले सामाग्रीका अनुसार समानताकै कारण पृथ्वीमा जिउँदो हुने कतिपय शुक्ष्म जीव मंगलमा पनि जिउँदो हुन सक्छन् ।
जनाइएअनुसार कतिपय सुक्ष्म जीवमा प्रकाशको विकिरणलाई धान्न सक्ने क्षमता हुन्छ ।
शोधकर्ताले सुक्ष्म जीवको प्रयोगबाट मंगल मिशनमा थप अगाडि बढ्न सक्ने दाबी गरेका छन् । तथापी केहि वैज्ञानिक भने सुक्ष्म जीवकै कारण अन्तरिक्ष यात्रीलाई बीमार बनाउन सक्ने पनि बताउँछन् । एजेन्सीको सहयोगमा
वि.सं.२०७७ फागुन ११ मंगलवार १३:२४ मा प्रकाशित


























