back
CTIZAN AD

मोदीले किन बढाए दारी ? भाजपाका मन्त्रीले खोले यस्तो रहस्य

वि.सं.२०७७ फागुन ११ मंगलवार

906 

shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दारी पालेको विषय सामाजिक सञ्जालमा अहिले निकै चर्चामा छ । लकडाउनपश्चात उनले निरन्तर दारी बढाईरहेका छन् ।

दारी बढाएसँगै भारतभर निकै जिज्ञासाहरु देखिएका छन् । सामाजिक सञ्जालमा उनको दारीबारे धेरैले जिज्ञासा राखेका छन् ।

यस्तो उनको दारीलाई चर्चित साहित्यकार रविन्द्रनाथ टैगोरको दारीसँग पनि जोडेर हेर्न थालिएको छ । दक्षिण बंगालको राजनीतिमा पनि उनको दारीलाई बहसको रुपमा ल्याइएको छ । कतिपयले दारीप्रति व्यंग्य पनि गरेका छन् ।

चर्चामा रहेको मोदीको ठूलो दारीप्रति हालै उत्तर प्रदेशका एक मन्त्रीले कारण खोलेका छन् । उत्तर प्रदेशका ग्रामिण विकास मन्त्री राजेन्द्र प्रताप सिंहले एक कार्यक्रममा मोदीको दारी बढाउनुको कारण राजनीतिक नै भएको बताएका छन् ।

उनले दारी पाल्नुको रहस्य पश्चिम बंगालको राजनीति भएको बताए । मन्त्री सिंहले बताएअनुसार बंगालको राजनीतिमा देखिएको हिंसात्मक अभ्यासलाई मोदीले दारी पालेर शान्तीको सन्देश दिन खोजेका हुन् ।

उनका अनुसार पश्चिम बंगालमा भारतीय जनता पार्टीले चुनाव जितेको दिन मोदीले दारी काट्नेछन् । एजेन्सीबाट

वि.सं.२०७७ फागुन ११ मंगलवार १३:५२ मा प्रकाशित