back
CTIZAN AD

अदालतले हाम्रै पक्षमा फैसला गर्नेछ : प्रचण्ड

वि.सं.२०७७ फागुन ११ मंगलवार

729 

shares

फागुन ११, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले संसद विघटनकै पक्षमा फैसला सुनाउने विश्वास व्यक्त गरेका छन् । मंगलबार राजधानीमा आयोजित ‘जनयुद्धको हस्ताक्षर’ नामक पुस्तकको विमोचन गर्दे उनले यस्तो विश्वास व्यक्त गरेका हाुन् ।

‘अदालतप्रति विश्वास छैन भनेर मैले भन्न खोजेको छैन’, उनले भनेका छन्, ‘मैले विभिन्न सार्वजनिक सभाहरुमा पनि भन्दै आएको छु कि–अदालतमा मुद्दा छ, अदालतले सही फैसला गर्छ भन्ने हामीलाई विश्वास छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले मुद्दा हारिसकेको प्रचण्डको भनाई छ ।

प्रधानमन्त्री ओलीले निकै मेहनत गरेर बनाएको पार्टीलाई फुट, विघटन र विर्सजनको बाटोमा लगेको उनले बताए । उनले आफुँहरु नै एकताको पक्षपाती रहेको दाबी गरे ।

‘पार्टी निकै दुःख, मेहनतले एकताबद्ध गरिएको हो, हामी सबैको समर्थन र योगदान त्यसमा छ, त्यसलाई विभाजन गर्ने निकै ठूला षडयन्त्र र कसरत अहिले भई नै रहेको छ’, प्रचण्डले भने, ‘हामी जो छौं, एकताको झण्डा हामीले उठाएका हौं, केपी जीले फुट, विघटन र विर्सजनको बाटो रोज्नुभयो ।’

प्रचण्डले पुस ५ (प्रतिनिधि सभा विघटनको दिन) देखि नै आफुँहरु युद्धमा रहेको र युद्ध जित्नुको विकल्प नरहेको पनि बताए । उनका अनुसार प्रधानमन्त्री ओलीले सरकारको दुरुपयोग गर्दै युद्ध जित्न भएभरको शक्ति खर्चिएका छन् ।

वि.सं.२०७७ फागुन ११ मंगलवार १४:२० मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...