back
CTIZAN AD

स्थानीयवासीद्वारा राकम अस्पतालका लागि २८ रोपनी जग्गादान

वि.सं.२०७७ फागुन ११ मंगलवार

633 

shares

११ फागुन, दैलेख । दैलेख आठबिस नगरपालिका–३ कुमालखाँडावासीले १०० श्ययाको अस्पतालका लागि २८ रोपनी जग्गादान गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र नगरपालिकाको संयुक्तरुपमा व्यवस्थापन हुने १०० श्ययाको अस्पतालका लागि कुमालखाँडावासी १८ जना स्थानीयवासीले २८ रोपनी जग्गादान गरेका हुन् ।

ट्रमा सेवासहितको अस्पतालका लागि ४० रोपनी क्षेत्रको जग्गा आवश्यक भएकामा २८ रोपनी निःशुल्क प्राप्त भई बाँकी जग्गा लिन थोरै कागजी प्रक्रिया नमिलेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका निर्देशक धर्मराज गोसार्ईंले जानकारी दिए ।

“प्रतिष्ठान र नगरपालिकाको पहलमा यही फागुन १० गते जग्गादान गर्नेहरुबाट अस्पतालका नाममा जग्गा पारित भएको छ”, निर्देशक गोसाईंले भने “प्रतिष्ठानले एकजना मेडिकल अधिकृत पठाएर हाल स्वास्थ्य सेवा पनि दिइरहेको छ ।” जुम्ला प्रतिष्ठानले विशेषज्ञ अस्पताल निर्माण गरेर गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने ध्येयले राकम कर्णालीमा यो कार्य थालिएको उनले बताए ।

निर्देशकका अनुसार राकम कर्णालीमा अस्पताल निर्माणार्थ डिपिआर तयारीका लागि कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रलयाले चालू आवमा रु एक करोड बढी बजेट विनियोजन गरिसकेको छ । अस्पताल निर्माणका लागि नगरपालिका र प्रतिष्ठानबीच विसं २०७६ फागुन १० गते सम्झौता भएको थियो ।

राकम अछाम, कालीकोट र दैलेखको ट्रान्जिट भएकाले यहाँ प्राप्त हुने सेवाको लाभ तीन जिल्लाका जनताले लिने सो नगरपालिकाका गगन कार्कीले जानकारी दिए। कार्कीले अस्पतालका लागि अब १३ रोपनी एकजना व्यक्तिले निःशुल्क दिने कागज गरिसकेको तर उक्त जग्गा नापी जाँदा छुट भई सम्बन्धित व्यक्तिको नाम नआएकाले तत्काल उनको नाममा ल्याएर अस्पतालको नाममा पास गरिने बताए ।

उनका अनुसार पदम बडुवाल, पहराम, मदन, मन परे कार्कीलगायत व्यक्तिले जग्गदान गरेर यस क्षेत्रका नागरिकहरुका लागि ठूलो योगदान दिएका छन् । यता नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख देवराज तिमिल्सेनाले अब सानो रोग लागेर सुर्खेत नेपालगञ्ज जाने बाध्यताबाट यहाँका नागरिकहरुले मुक्ति पाउने बताए।

केही वर्षभित्रै राकमबाटै नागरिकहरुले गुणस्तरीय स्वास्थ्य उपचार सेवा लिन पाउने उनको भनाइ थियो । अस्पताल निर्माण हुँदै गरेको राकम कर्णालीलाई पछिल्लो समयमा नयाँ शहरका रुपमा विकास गर्न लागिएको छ ।

वि.सं.२०७७ फागुन ११ मंगलवार १४:२९ मा प्रकाशित

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

जुम्ला । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...