back
CTIZAN AD

प्रधानमन्त्रीको कार्यक्रम बहिष्कार गर्न जनसांस्कृतिक महासङ्घको निर्देशन

वि.सं.२०७७ फागुन ११ मंगलवार

699 

shares

११ फागुन, काठमाडौँ । जनसांस्कृतिक महासङ्घ नेपालले भोलि बुधबार प्रधानमन्त्री केपी शर्मा ओलि प्रमुख अतिथि रहि आयोजना हुन लागेको कार्यक्रम बहिष्कार गर्न निर्देशन दिएको छ ।

प्रधानमन्त्री खड्ग प्रसाद ओलीलाई प्रमुख अतिथि बनाई २०७७ फागुन १२ गते आयोजना गरेको ‘सहिद चुनु स्मृति प्रतिष्ठान समुद्घाटन तथा सहिद बेपत्ता परिवार अभिनन्दन वृहत् सांस्कृतिक कार्यक्रम २०७७’ बहिष्कार गर्न निर्देशन दिएको हो ।

महासंघका संयोजक सरल सहयात्रीद्वारा जारी प्रेस नोटमा प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक प्रधानमन्त्रीबाट चुनु स्मृति प्रतिष्ठानको उद्घाटन हुनु सहिद एवम् बेपत्ता र प्रगतिशील सांस्कृतिक आन्दोलनको ठाडो अपमान गरेको ठहर गरिएको छ ।

प्रेस नोटमा भनिएको छ – ‘कमरेड डम्बर कुमारी गुरुङले जन सांस्कृतिक महासङ्घ र स्वयम् चुनु स्मृति प्रतिष्ठानको समेत वैधानिक निर्णय नलिई एकल ढङ्गले प्रतिगमनका खलनायक असंवैधानिक प्रधानमन्त्री खड्ग प्रसाद ओलीलाई प्रमुख अतिथि बनाई यही २०७७ फागुन १२ गते आयोजना गरेको ‘सहिद चुनु स्मृति प्रतिष्ठान समुद्घाटन तथा सहिद बेपत्ता परिवार अभिनन्दन वृहत् सांस्कृतिक कार्यक्रम २०७७’ स्वयम् सहिद चुनु तथा अन्य सहिद एवम् बेपत्ता र प्रगतिशील सांस्कृतिक आन्दोलनको ठाडो अपमान हो । यसर्थ जनसांस्कृतिक महासङ्घ नेपाल सम्बद्ध कुनै पनि कमरेडहरूलाई सो कार्यक्रम बहिष्कार गर्नका लागि महासङ्घको तर्फबाट हार्दिक निर्देश गरिएको छ ।’

प्रेस नोटमा प्रगतिशिल सोच भएका सम्पूर्ण कलाकार, सांस्कृतिककर्मीहरुलाई यस्ता खाले अवसरवादी प्रवृत्तिको डटेर निरन्तर प्रतिवाद गर्न समेत अनुरोध गरिएको छ ।

वि.सं.२०७७ फागुन ११ मंगलवार १४:३३ मा प्रकाशित

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी) । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...