back
CTIZAN AD

सेञ्चुरी बैंक र राष्ट्रिय व्यवसायी महासंघबीच सम्झौता

वि.सं.२०७७ फागुन १२ बुधवार

708 

shares

१२ फागुन, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र नेपाल राष्ट्रिय व्यवसायी महासंघवीच सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन एक समारोहकावीच सम्झौता भएको छ ।

उक्त समारोहमा बैंकले नेपाल राष्ट्रिय व्यवसायी महासंघ र महासंघ अन्तर्गतका भोटेवहाल तयारी पोशाक उत्पादन तथा विक्रेता संघ र नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघसँग छुट्टाछुटै सम्झौता गरेको छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट कृषि तथा विपन्न वर्ग कर्जा विभाग प्रमुख प्रविन कुमार दाहाल, साना तथा मझौला कर्जा विभाग प्रमुख राजेन्द्रप्रसाद तिमसिना र नेपाल राष्ट्रिय व्यवसायी महासंघका तर्फबाट अध्यक्ष श्री नरेशकुमार कटुवाल, भोटेवहाल तयारी पोशाक उत्पादन तथा विक्रेता संघका अध्यक्ष चन्द्र लामिछाने, नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघका अध्यक्ष आनन्द पौडेलले हस्ताक्षर गरेका हुन् ।

महासंघमा आवद्ध उद्यमी व्यवसायीलाई बैंकले सरल, सहज तथा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ । उक्त सहज एवं सहुलियतपूर्ण कर्जाबाट व्यवसायीलाई कोभिड–१९ को विश्वव्यापी महामारीले पु¥याएको प्रतिकूल प्रभावलाई कम गरी व्यवसायमा निरन्तरता दिन, व्यवसाय वृद्धि तथा उद्यमशीलता प्रवद्र्धनमा सहयोग पुग्ने बैंकले अपेक्षा गरेको छ ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले १२० शाखा १० एक्सटेन्सन काउन्टर, २२ बान्चलेस बैंकिङ्ग र ८८ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

वि.सं.२०७७ फागुन १२ बुधवार १०:५८ मा प्रकाशित

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १९औं बार्षिकोत्सवको उपलक्ष्यमा...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

कति तोकेको छ राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...