back
CTIZAN AD

कुमारी बैंकको अगुवाईमा माथिल्लो राहुघाट जलविद्युत आयोजना बन्ने

वि.सं.२०७७ फागुन १२ बुधवार

780 

shares

१२ फागुन, काठमाडौं । कुमारी बैंक लिमिटेडको अगुवाईमा सहवित्तीयकरण कर्जा अन्तर्गत तुदि पावर कम्पनी प्राइभेट लिमिटेडले निर्माण गर्न लागेको म्याग्दि जिल्ला भएर बग्ने राहुघाट खोलामा बन्न लागेको ४८.५० मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत परियोजनाको लागी आवश्यक वित्तिय व्यावस्थापन गरिएको छ ।

उक्त सहवित्तीयकरण सम्झौता अन्र्तगत कुमारी बैंक लिमिटेड बाहेक ग्लोबल आइएमई बैंक, सह–अगुवाई बैंकको रुपमा रहेको छ भने अन्य सहभागी बैंकको रुपमा सिद्धार्थ बैंक लिमिटेड, नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र माछापुच्छ्र्र्रे बैंक लिमिटेड रहेका छन् ।

यस परियोजनाको कूल लागत खर्च रु ८ अर्व ३० करोड मध्ये सहवित्तीयकरण बैंकहरुबाट जम्मा ऋण कर्जा ५ अर्व ८१ करोड प्रवाह हुनेछ । प्रवद्र्घक कम्पनीको मुख्य लगानीकर्ताको रुपमा हिमालयन इन्फ्रास्ट्रक्चर फण्ड लिमिटेड, तुदी इन्भेष्टमेन्ट कम्पनी प्राईभेट लिमिटेड र महेश्वर प्रकाश श्रेष्ठ रहने छन् भने वैदेशिक लगानीकर्ताको रुपमा चिनियाँ कम्पनी, सिचुवान जी अन्ताई एनर्र्जी डेभेलपमेन्ट कम्पनी लिमिटेड रहनेछ ।

परियोजनाबाट वि।स २०८० सम्म विद्युत उत्पादन गर्ने लक्ष्य लिईएको छ । जलविद्युत आयोजना राष्ट्रिय प्राथमिकता क्षेत्र अन्तर्गत पर्ने गएको हुनाले, बैंक तथा वित्तिय संस्थाहरुले यस क्षेत्रमा लगानीको दायरा बढाईरहेका छन् ।

वि.सं.२०७७ फागुन १२ बुधवार ११:२० मा प्रकाशित

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १९औं बार्षिकोत्सवको उपलक्ष्यमा...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

कति तोकेको छ राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...