१२ फागुन, काठमाडौं । मंगलवार नेप्सेमा स्पर्श लघुवित्तको १९ दशमलव ५० प्रतिशत बोनस शेयर सूचीकृत भएको छ ।
कम्पनीले उक्त बोनस शेयर वापतको १ लाख ८२ हजार ८०८ दशमलव ९७ कित्ता शेयर सूचीकृत गराएको हो ।
बुधवारदेखि कारोबार योग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।
कम्पनीको पुस २९ गतेको चौंथो वार्षिक साधारण सभाले १९ दशमलव ५० प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि १ दशमलव शून्य ३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो ।
वि.सं.२०७७ फागुन १२ बुधवार ११:४६ मा प्रकाशित





























